Comments Add Comment

ब्लड क्यान्सर पीडित पत्रकारलाई सहयोग गर्न महासंघको अपिल

१८, जेठ, काठमाडौं । ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहेका नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष पत्रकार शालिकराम शर्माको उपचारमा आर्थिक सहयोग पुर्‍याउन नेपाल पत्रकार महासंघले ‘पत्रकार शालिकराम शर्मा उपचार अभियान’ सुरु गरेको छ ।

salikram sharmaमोफसलमा रहेर दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा हाल सल्यानी सन्देश र रेडियो शारदा एफएममा आवद्ध छन् ।

गम्भीर रोग लागेका शर्माको निजी स्रोतबाट उपचार गराउन सम्भव नभएपछि उपचारमा आर्थिक सहयोग जुटाउन महासंघले यो अभियान सुरु गरेको हो ।

अभियान आरम्भ गर्दै मंगलवार नेपाल पत्रकार महासंघका तर्फबाट पत्रकार शर्माको उपचारका लागि पच्चीस हजार जम्मा गरेको छ ।

महासंघका सबै सदस्यहरु तथा अन्य सहृदयी महानुभावहरूमा श्रमजीवी पत्रकारको उपचारमा आ-आफ्नो शाखा मार्फत सहयोग पुर्‍याउन अपिल समेत गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment