Comments Add Comment

ओलीलाई काम गर्न दिनुपर्छ, मैले पानीजहाजको सपना ८ बर्ष अगाडि नै देखेको थिएँः मनोज गजुरेल

Manoj-Gajurel New
‘दुई थोपा हाँसो’ नामक कार्यक्रमको सिलसिलामा अहिले चर्चित हाँस्य कलाकार मनोज गजुरेल यूएई आएका छन् । मनोजले यूएई भ्रमणको क्रममा अनलाइनखबरसँग उनको यात्रा, हाँस्यव्यङ्ग्य क्षेत्रको बिषयमा गरेको कुराकानी यस्तो छः

नेपाली हाँस्य व्यंग्यको क्षेत्र व्यावसायिक भएको हो ?

हाम्रो यो ‘दुई थोपा हाँसो’ कार्यक्रमलाई व्यवसायिकिकरण भनेर नबुझ्न अनुरोध गर्दछु । यसमा हामीले सामाजिक उत्तरदायित्वबोध गरेर बिना पारिश्रमिक काम गरिरहेका छौं । जहाँसम्म नेपाली हाँस्यव्यंग्यको क्षेत्रको कुरा छ, यो क्षेत्र उर्वर छ ।

यस क्षेत्रमा धेरै प्रतिभाशाली कलाकारहरु क्रियाशील हुनुहुन्छ, स्थापित हुनुहुन्छ । यसमा क्षमता र सिर्जनशीलताको कुरा हुन्छ । नेपाली दर्शकहरुले हाँस्न बिर्सेको परिप्रेक्ष्यमा हाम्रो पेसा भनौ वा क्षेत्र व्यवस्थित तथा व्यावसायिक बनेको छ ।

नेपालका हाँस्य कलाकारहरुबीच केकस्तो सम्बन्ध छ ? व्यवसायिक प्रतिस्पर्धा स्वस्थ्थ हुन्छ कि अस्वस्थ्य ?

प्रकृति भनौं वा ईश्वरले सबैलाई अलगअलग क्षमता, प्रतिभा र योग्यता दिएको हुन्छ । मजस्तो तपाई हुनुहुन्न र तपाईजस्तो म हुन सक्दिनँ । आफ्नो पहिचान, क्षमता र रुचि पहिल्याइयो भने कसैसँग प्रतिस्पर्धा रहँदैन र कोहीसँग पनि इगो रहदैन ।

नेपालका हाँस्यकलाकारहरु सीतारामजी, दीपकराजजी, जितुजी, दमनजी, तक्मेजी सबैसँग सबैको यति राम्रो सम्बन्ध छ कि तपाईहरु गाईजात्रामा नेपाल आउनुभो भने त्यो एकता र सहकार्य आफैले देख्न सक्नुहुन्छ । हामी सबैलाई एकै मञ्चमा देख्नुहुनेछ । हाम्रो जस्तो मित्रता नेपालका नेताहरुमा भइदिए देश कति अघि बढ्दो हो ?

तपाईंले आज भन्दा आठ वर्ष पहिले समृद्ध नेपालको सपना देखाउनुभएको थियो,  २०७५ सालको नेपाल भनेर । अहिले प्रम ओलीले पनि नेपाली नागरिकका सबै समस्या समाधान गर्ने कुरा गर्नुहुन्छ । के हामीले अब विदेशमा पसिना बगाउने दिनको अन्त्य भएको हो ?

सही प्रश्न गर्नुभयो । प्रम ओलीले देखेका सपनाहरु मैले आठ वर्ष पहिल्यै देखेको थिएँ । धेरैलाई भ्रम छ तर मैले वि.सं २०७५ को नेपाल कस्तो होला भनेर सबैलाई सार्वजनिक गरेकै थिएँ । ओलीजीले त समुद्रमा पानीजहाज चलाउने भन्नुभाछ । मैले त बंगालको फूलबारी नाकादेखि पश्चिम बंगाल, बिहार हुँदै कोसी नदीमै पानीजहाज चलाउने योजना बनाएको थिएँ ।

ओली सरकारले रेल कुदाउने, हावाबाट बिजुली निकाल्ने पे्रट्रोल निकाल्ने, घरघरमा ग्याँस पाइप पुर्‍याउने सपना देखाएको छ । दिउँसो देखेको सपना राति देखेको सपनाभन्दा अर्थपूर्ण हुन्छ । उनलाई काम गर्न दिनुपर्छ । तर नेपालको राजनीति हो, आश गर्नुस् भर नपर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment