Comments Add Comment

सोमालियाको एक होटलमा आक्रमण, दुई सांसद सहित १० को मृत्यु

somalia_attack२० जेठ, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुको एक  होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दुई सांसद पनि रहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराएका थिए । र, उनीहरु त्यसपछि होटल प्रवेस गरी गोली चलाएक थिए ।

बीबीसीका अनुसार होटलमा सांसद र अन्य सरकारी कर्मचारी बसेका थिए ।

हमला लगत्तै चरमपन्थी संगठन अल शबाबले हमलाइको जिम्मेवारी लिएको छ । हमलाबाट होटको भवनमा ठूलो क्षति पुगेको जनाइएको छ ।  धमकाका कारण ४० भन्दा धेरै मानिस घाइते भएका छन् ।

सोमालियामा अल शबाब त्यहाँको सरकारसँग युद्ध लडिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment