Comments Add Comment

विप्पा भएका मुलकबाट ४८ प्रतिशत विदेशी लगानी

Bippa-Samjhuta copy copy

२० जेठ, काठमाडौं । नेपालले अहिलेसम्म ६ मुलुकसँग दुई पक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (विप्पा) गरेको छ । बढी भन्दा बढी विदेशी लगानी आकषिर्त गर्नका लागि सरकारले यस्तो सम्झौता गरेको हो ।

नेपालले फ्रान्स, जर्मनी, बेलायत, मौरिसस, फिनलैण्ड र भारतसँग विप्पा गरेको छ । यी राष्ट्रले नेपाल भित्रिने कुल वैदेशिक लगानीको आधा हिस्सा ओगट्ने गर्छन् । जसमध्ये भारतको बाहुल्यता रहने गरेको छ ।

नेपालको औद्योगिक क्षेत्रमा ८६ मुलुकबाट वैदेशिक लगानी आएको छ । चीनसँग विप्पा गर्ने अन्तिम तयारी गरिरहेको नेपालले विस्तारै अन्य मुलुकसँग पनि विप्पा गर्ने योजना बनाएको छ ।

नेपालले सबैभन्दा पहिला फ्रान्ससँग विप्पा गरेको थियो । फ्रान्ससँग १९८३ मे २ तारिखमा विप्पा भएको उद्योग मन्त्रालय बताउँछ । त्यस्तै, जर्मनीसँग १९८६ अक्टोवर २० मा विप्पा भयो भने बेलायतसँग १९९३ मार्च २ तारिखमा विप्पा भयो ।

यसैगरी मौरिसससँग १९९९ अगष्ट ३ तारिखमा, फिनलैण्डसँग २००९ फ्रेबुअरी ३ तारिखमा र भारतसँग २०११ अक्टोबर २१ तारिखमा विप्पा भएको थियो । यी देशहरुमध्ये नेपालमा लगानी भित्राउनेमा भारत अग्रस्थानमा रहेको छ । यसपछि बेलायत, मौरिसस, जर्मनी अग्रस्थानमा आउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment