Comments Add Comment

पोल्याण्डबाट एक नेपालीले चलाए पानी अभियान

Mitra-Lal-pade

बार्सिलोना/ पोल्याण्डबाट एक नेपालीले पानी अभियान चलाएका छन् । दाङ स्थायी घर भई हाल पोल्याण्ड बस्दै आएका मित्रलाल पार्देले ५० हजार रुपैयाँ सहयोग गर्दै योअभियान सुरु गरेका हुन् ।

दाङ जिल्ला स्थित लक्ष्मीपुर सुनपुरमा, “घर घरमा धारा, गाउँ गाउँमा सिचाइभन्दै पार्देले करोड रुपैयाँ सहयोग जुटाउँने महत्वकाक्षी योजना अघि सारेका छन्।

करोड पानी अभियाननाम दिदै सामाजिक संजाल फेसबुक मार्फत उनले ब्यापक बनाएका छन्। आफ्नो जन्म दिन फेब्रुअरी २९, २०१६ को अवसरबाट अभियान सुरु गरेकाउनले पानीको हाहाकार भएको समस्यालाई समाधान गर्न ग्रामीण उद्यमशीलतालाई माथि उठाउन यो अभियान चलाएको बताउँछन् ।

सधै सरकारको मुख ताकेर बस्दा,खासै पहल हुन नसके पछि आफ्नो गाउँलाई आफै बनाउन उनि विदेशवाट नै कस्सिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment