Comments Add Comment

बालाजुमा साढे तीन किलो चरेससहित एकजना पक्राउ

२१ जेठ, काठमाडौं । काठमाडौंमा बिक्री गर्न लागिएको अवस्थामा प्रहरीले साढे तीन किलो चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।

फाइल फोटो
फाइल फोटो

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीलेे बालाजु बाइपासबाट दैलेखका नारायण प्रसाद खनाललाई पक्राउ गरेको डिएसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई जानकारी दिए ।

खनालले मकवानपुरबाट ल्याएको चरेस काठमाडौंमा बिक्री गर्न लागेको अवस्थामा बरामद गरिएको डिएसपी राठौले बताए ।

मकवानपुरमा चरेसको फ्याक्ट्री नै चलाउने गरेका खनालले केही चरेस भारतमा र केही काठमाडौंमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘काठमाडौंमा ल्याइएको चरेस ठमेलमा आउने विदेशीलाई एक किलोको २५ हजार रुपैयाँका दरले बिक्री गर्ने गरेको देखिएको छ,’ डिएसपी राठौरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment