Comments Add Comment

ओली सरकार परिवर्तन भए संविधान धरापमाः थापा

'सरकार परिवर्तनको अवस्था छैन'

२१ जेठ, विराटनगर । उपप्रधानमन्त्री कमल थापाले अहिलेको सरकार परिवर्तनको खेलमा लागेमा संविधान समेत धरापमा पर्ने चेतावनी दिएका छन् । माओवादीसँग सत्ता परिवर्तनबारे भद्र सहमति भएको औपचारिक जानकारी आफूलाई नभएको भन्दै उनले अहिलेको सरकार परिवर्तन हुने अवस्था नभएको बताए ।

Kamal-Thapaशुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘बजारमा जुन खालको हल्ला आएको छ सरकार परिवर्तनको, त्यो अहिलेको अवस्थामा देखिन्न । सरकार परिवर्तनका विषयमा स्वयम् माओवादी केन्द्र पार्टीर्ले पनि औपचारिकरुपमा मलाई जानकारी गराएको छैन ।’

उनले ओली सरकार निर्माणको क्रममा माओवादी पार्टीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै भद्र सहमति गरेको आफूलाई पनि जानकारी नभएको बताए ।

‘सरकार निर्माण गर्ने कुरामा तत्कालिन समयमा म आफैपनि धेरै पटक बैठकमा सामेल भएको छु । त्यो समयमा माओवादीसँग कुनै भद्र सहमति भएकोबारे मलाई पनि जानकारी छैन,’ थापाले भने, ‘प्रधानमन्त्री ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा पनि भद्र सहमति भएकोबारे प्रधानमन्त्री ज्युले मलाई जानकारी गराउनु भएको छैन ।’

यसभन्दा अघि मुलुकमा धेरै सत्ता परिवर्तनको फोहोरी खेल भएकाले मुलुक अगाडि बढ्न नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment