Comments Add Comment

दोश्रो पटक ज्योती मगरलाई बेलायतले किन पत्यायो ?

jyoti magar in uk
हट गायिकाको छवि बनाएकी ज्योती मगरलाई केही महिना अगाडि बेलायतले भिषा दिएन । भिसा नदिनुको कारण के थियो भन्ने एकिन नभएपनि ज्योतीको हट छविले असर गरेको हुनसक्छ ।
स्टेजमा ज्योती आफ्नो गायकी भन्दा पनि छोटा पहिरन र अंगप्रदर्शनले चर्चामा छिन् ।

नेपालबाहिरका कार्यक्रममा त उनी झनै खुल्छिन् । उनले केही हप्ता अगाडि अष्ट्रेलियामा आयोजना भएको एक कार्यक्रममा गाएको ‘दोहोरीलाई फोहोरी’ भनेर पनि सामाजिक संजालमा चर्चा भएको थियो ।

केही महिना अगाडि यी हट लोकगायिकालाई बेलायतले भिषा दिन अस्विकार गरेको थियो । त्यो समयमा उनको ठाउँमा गायिका इन्दिरा जोशीलाई आयोजकले बोलाएको थियो ।

तर, यसपटक भने ३ हप्ताका लागि ज्योती बेलायत पुगेकी छिन् । उनलाई बेलायतको राजदुतावासले पत्याएको छ । उनीसँगै चर्चित हाँस्य सिरियल ‘भद्रगोल’का कलाकार ‘बले र कक्रोच’पनि बेलायत पुगेका छन् ।

यसपटक ‘सपन इन्टरनेशनल’ले आयोजना गरेको सांकृतिक कार्यक्रममा यी कलाकार वेलायत पुगेका हुन् । ‘बले र कक्रोज’सँग ज्योतीले मोडलिङ गरेको गीतले आलोचनात्मक चर्चा पायो । सायद, यी दुई हाँस्य कलाकार ज्योतीका लागि फापेको हुनसक्छन् ।jyoti magar hot

ज्योतीले कलाकारको भिषामा स्पोन्सर कस्तो छ भन्ने कुरा मुख्य हुने बताइन् । यसपटक, खासै कागजपत्र तयार नभएपनि भिषा पाएको उनले अनलाइनखबरसँग बताइन् । ७ वटा कार्यक्रमका लागि यी कलाकार वेलायत पुगेका हुन् ।

स्टेजमा गायनकलालाई छोटा पहिरनले उछिनेपछि ज्योती हट मोडल कि गायिका हुन् भनेर छुट्टयाउन गाह्रो छ । आशा गरौ, दोश्रो प्रयासमा वेलायत पुगेकी ज्योतीले यसपटक भने ‘दोहोरीलाई फोहोरी’ बनाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment