Comments Add Comment

४ इन्च लामो जिब्रो आधा काटेर फ्याँकेपछि पहिलोपटक मुस्कुराइन यी बच्ची

अमेरिकाको सेन्ट लुइसकी लाइला किंग नामकी यी बच्चाीको उमेर केवल केवल १३ महिनाको छ । अब हाँस्न तथा तोते बोल्न सुरु गर्ने उमेरकी यी बालिका हास्न पनि सक्दिनन् । यसको कारण हो, उनको जिब्रो ।

tongueजुन सामान्य बच्चाको भन्दा दुइगुणा ठूलो छ र सोही कारण उनी मुख खोलेर आवाज निकालेर हाँस्न सक्दिनन् । तर धन्य, चिकित्सा विज्ञानको चमत्कारले गर्दा उनी जिवनमा पहिलोपटक मुस्कुराउन सक्ने भएकी छिन् ।

यी बच्चीलाई बेकविथ विडेमन सिन्ड्रोम नामक रोग छ । सोही कारण उनको जिब्रो यतिविघ्न ठूलो भएको हो । यो समस्या १५ हजारमा एक जना बच्चामा हुन्छ । जिब्रो मात्र होइन यो रोग भएका बच्चाको आन्द्रा पनि भुँडी बाहिर निस्किएकेा हुन्छ ।

जन्मिँदै निकै सिकिस्त रहेकी यी बच्चीलाई ४ हप्तासम्म भेन्टिलेटरमा राखियो । त्यसपछि डाक्टरहरुले उनको पेटको शल्यक्रिया गरे र जिउ बाहिर रहेका आन्द्राभुँडीलाई भित्र हालिदिए ।

पेटको समस्या त सकियो तर जिब्रोको समस्या ज्युँ का त्यूँ थियो । ठूलो जिब्रोका कारण बच्चाीले दुध चुस्न पनि सकिदनथिन् । ६ महिना पुगेपछि उनको जिब्रोको सल्यक्रिया गरियो । तर उनको जिब्रो बढ्ने क्रम रोकिएन । १३ महिना पुगेपछि उनको जिब्रोको दोश्रोपटक सर्जरी गरेर उनको जिब्रो आधा काटेर फ्याँकिएको छ ।

अहिले भने उनी खाना खान सक्ने भएका छन् र स्वास पनि सजिलैसँग लिन सक्छिन् । अहिले उनी कम्तिमा मुस्कुराउन सक्ने भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment