Comments Add Comment

‘माडी घटनामा कारबाही पक्का’

२३ जेठ, काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका र गैरन्यायिक घटनाका दोषीले कुनै हालतमा पनि उन्मुक्ति नपाउने बताएका छन्।

ENTER YOUR HEADLINE HEREसिन्धुलीमाढीमा शनिबार पत्रकारसँग गुरुङले भने, ‘गम्भीर प्रकारका अपराधमा संलग्नलाई क्षमादान दिए फेरि द्वन्द्व सिर्जना हुन्छ, गम्भीर घटनामा संलग्नलाई उन्मुक्ति दिनु हुँदैन।’ आजकको अन्नपूर्णमा समाचार छ ।

मानवअधिकारका विश्वव्यापी मान्यता तथा सन् २०१२ मा अन्तर्राष्ट्रिय रेडक्रसले संयुक्त राष्ट्रसंघमा पेस गरेको नेपालको द्वन्द्वकालीन प्रतिवेदनका आधारमा काम गर्ने भएकाले त्यस्ता घटनामा संलग्नलाई कुनै हालतमा क्षमादान नहुने उनको भनाइ थियो।

माडी घटना स्मृति दिवसको पूर्वसन्ध्यामा उनले भने, ‘द्वन्द्वका घटनालाई आयोगले वर्गीकरण गरेर छनबिन गर्छ। आयोगले दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने भएकाले द्वन्द्व र युद्धको नियम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही हुन्छ।’ उनले बलात्कार, यौनजन्य हिंसालगायतका गम्भीर प्रकारका र गैरन्यायिक घटनाका दोषीलाई माफी दिनै नसकिने बताए।

अध्यक्ष गुरुङले रामेछापको दोरम्बा घटनामा संलग्न राज्यपक्ष, चितवनको माडी घटनामा संलग्न तत्कालीन विद्रोही पक्ष र नवलपरासीको द्वन्द्वकालीन घटनामा संलग्नले कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रस्ट पारे। ‘मैले तीनवटै घटनाको स्थलगत अध्ययन गरेको छु।

पीडितहरूको कुरा सुनेको छु। यी घटना गम्भीर प्रकारका र गैरन्यायिक छन्। दुवै पक्षका दोषीलाई अन्तर्राष्ट्रिय कानुन र मान्यताअनुसार कारबाही हुन्छ। आयोगले सोहीअनुसारको कारबाहीका लागि सिफारिस गर्छ,’ उनले भने।

दोरम्बा, माडी र नवलपरासी घटनाका दोषीहरूको पहिचानसमेत भइसकेको उल्लेख गर्दै अध्यक्ष गुरुङले ती घटनामा संलग्नलाई आयोगले उच्च चासोका आधारमा किटानीसहित कारबाहीका लागि सरकार र मानवअधिकार आयोगसमक्ष सिफारिस गर्ने बताए। यी घटनालाई संयुक्त राष्ट्रसंघले समेत उच्च चासोका साथ हेरेको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment