Comments Add Comment

कर्मचारीको तलब बढ्दैमा मूल्यवृद्धि हुँदैन

Karmachari२३ जेठ, काठमाडौं । सरकारले आगमी आर्थिक वर्षको बजेट संसदमा पेस गरेसँगै सरकारी कर्मचारीको तलब बढ्दा बजारमा महँगी बढ्छ भन्ने चर्चा अहिलेसम्म चलिरहेको छ ।

यस्तो चर्चा अयअघि कर्मचारीको तलब बढ्दा पनि हुने गरेको थियो । तर, कर्मचारीको तलब बढे पनि त्यस अनुपातमा मूल्यवृद्धि नहुने गरेको तथ्यांकले देखाएको आजको कारोबार दैनिकमा समाचार छ ।

सरकारले आगमी आर्थिक वर्ष २०७३ /२०७४ मा कर्मचारीको तलब २५ प्रतिशत बढाएको छ । यसअघि आव २०७१/७२मा कर्मचारीको तलब १० प्रतिशत बढेको थियो ।

त्यस वर्ष स्थानीय भत्ता २५ प्रतिशत, फिल्ड भत्ता ५० प्रतिशत तथा हिमाली जिल्लामा र्कचारीलाई वार्षिक १५ हजार रुपैयाँ पोसाक खर्च उपलव्ध गराउने निर्णय सरकारले गरेको थियो । तर, आव २०७१ /०७२मा पनि अघिल्लो वर्षको तुलनामा मुद्रास्फ्रीति घटेको तथ्यांक छ ।

आव ०६८/०६९मा पनि कर्मचारीको तलव ३०.३९ प्रतिशतदेखि ४२.८६ प्रतिशत सम्म बढेको थियो ।  त्यस वर्षको  मुद्रास्फ्रीति वृद्धि अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment