Comments Add Comment

आमालाई सर्पले डस्यो, दुध चुस्दा बच्चाको मृत्यु

दुनियामा सबै मानिसलाई आमाको दुध अमृत समान हुन्छ । तर भारतमा भने एकजना १८ महिने बालकको आमाको दुध चुसेका कारणले मृत्यु भएको छ ।

snakeवास्तवमा उक्त बच्चाकी आमालाई सर्पले डसेको थियो । सर्पले डसेसँगै आमाको मात्र होइन, आमाको दुध चुस्ने बच्चाको पनि मृत्यु भएको छ ।

यो घटना भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुर जिल्लाको हो । अनन्तपुर जिल्लाको लटचनापल्ली गाउँमा बस्ने चन्द्रकला नामकी २८ वर्षीया महिलालाई गत बिहिबार घरमै सुतेको बेला रातमा सर्पले डसेको थियो । उनले खुट्टामा कुनै किराले टोकेको होला भनेर वास्ता गरिनन् । रातमा आफुसँगै सुताएको सानो छोरालाई उनले दुध चुसाइन् पनि ।

सर्पले डसेका कारण चन्द्रकलाको मात्र होइन जिउमा विष फैलिएका कारण उनको दुध चुस्ने बच्चाको पनि रातभरमा अवस्था निकै नाजुक बनिसकेकेा थियो । अर्को बिहान उठ्दा चन्द्रकलाका श्रीमानले श्रीमती र छोराको मुखबाट फिँज निस्किरहेको देखे ।  आमाछोरालाई उपचारका लागि अस्पताल लगियो । जहाँ उनीहरुको उपचारकै क्रममा मृत्यु भयो ।

पछि मृत्युको कारणबारे जाँच गर्दा चन्द्रकलालाई सर्पले डसेको र उनको सरीरमा विष फैलिँदा दुध समेत विखालु भएको अनि सोही दुध चुस्दा छोराको समेत मृत्यु भएको निष्कर्ष निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment