Comments Add Comment

केकीसँग नजिक छिन् रीमा, तर वेनिशासँग किन विग्रियो सम्बन्ध ?

reema keki and benisha
नेपाली चलचित्र क्षेत्रमा ३ नायिकाको मित्रताको बिषयमा खुबै चर्चा हुने गर्दथ्यो । चलचित्र ‘स्वर’बाट एकसाथ करिअर सुरु गरेका यी ३ नायिका केकी अधिकारी, वेनिशा हमाल र रीमा विश्वकर्माको मित्रता चलचित्र क्षेत्रका लागि उदाहरिणय थियो ।

तर, वुझिएअनुसार अहिले नायिका वेनिशा हमाल र रीमा विश्वकर्माविच बोलचाल पनि छैन । यसको मुख्य कारण यी २ विचको आपसी मतभेद हो । वेनिशा र रीमासँग नायिका केकी अधिकारी नजिक छिन् ।

पछिल्लो समयमा यी ३ नायिकाको एकसाथ भेटघाट र रमाइला तस्बिर देखिएका छैनन् । केकी र वेनिशा नेपाली चलचित्रमा नै व्यस्त छन् । यता, नायिका रीमा विश्वकर्मा भने बिहे गरेपछि घरयासी जीवनमा पनि व्यस्त छिन् । उनी फाट्टफुट्ट म्यूजिक भिडियो र चलचित्र खेलिरहेकी छिन् ।

अनलाइनखबरको एक भेटमा वेनिशासँग किन बोलचाल बन्द भएको हो भन्ने प्रश्नमा रीमाले कुरा टारिन् । उनले वेनिशासँग कहाँ विग्रिएको छ मेरो सम्बन्ध भन्नु बाहेक अरु केही भनिन् । तर, रीमा र वेनिशाको सम्बन्ध रीमाको बिहेपछि विग्रिएको वुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment