Comments Add Comment

डेपुटी गभर्नरले भने- अस्वभाविक मुल्य बढाउने मौद्रिक नीति आउँदैन

Nrb-810२३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अस्वभाविकरुपमा मुल्य बढाउने गरी मौद्रिक नीति नल्याइने बताएका छन् ।

‘मुल्यवृद्धि रोक्ने जिम्मा हाम्रो हो, आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य हो,’ शिवाकोटीले अनलाइनखबरसँग भने- ‘यी दुबैको सन्तुलन गरेर अघि बढ्ने हो । सामान्यतया अस्वभाविक किसिमको मुल्यवृद्धि हुन नदिने मौद्रिक नीति ल्याउँछाैं ।’

आगामी आर्थिक वर्षका लागि कस्तो मौद्रिक नीति अबलम्बन गर्ने भनेर राष्ट्र बैंकमा आन्तरिक छलफल भइरहेको उनले जानकारी दिए । ‘दुई/चार वटा कुराहरु मात्रै परिवर्तन होलान, उछाल केही हुँदैन । सामान्य परिवर्तन हुन्छन् ।’ शिवाकोटीले भने ।

सरकारले बजेट ल्याएको हप्तादिनभित्रमा राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने परम्परा छ । आगामी आर्थिक वर्षका लागि राष्ट्र बैंकले असार अन्तिम साता वा साउनको पहिलो सातासम्ममा मौद्रिक नीति सार्वजानिक गर्ने शिवाकोटीले बताए । सरकारले जेठ १५ गते नै बजेट ल्याएपनि साउन १ गतेदेखि मात्रै नयाँ बजेटको कार्यान्वयन हुने भएकाले राष्ट्र बैंकले नियमित समयमै मौद्रिक नीति ल्याउन लागेको हो ।

सरकारले वितरणमुखी बजेट ल्याएकाले त्यसले मुल्य बढाउने भन्दै जानकारहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । यस्तो अवस्थामा राष्ट्र बैंकले मुद्रा प्रदायमा कडाई गरेर मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने पुर्वडेपुटी गभर्नर गोपाल प्रसाद काफ्लेले बताए ।

‘संसारभर अर्थमन्त्री र गभर्नरबीच यही विषयमा अन्तरद्धन्द्ध चल्छ,’ काफ्लेले भने- ‘जनजीबन प्रभावित हुन नदिने कतिपय अवस्थामा केन्दि्रय बैंकको गभर्नरले अलोकप्रिय नीतिहरु पनि अबलम्बन गर्ने हिम्मत राख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment