Comments Add Comment

चौतारा–सिपाघाट सडक कालोपत्रे गरिने

road-1२५ जेठ, चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारादेखि सिपाघाटसम्मको २६ किमी सडकलाई कालोपत्रे गरिने भएको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा आगामी आव ०७३÷७४ को असोजदेखि सडकलाइ स्तरोन्नति गरी ओटासिल पिच गरिने भएको हो ।

सडकको दायाँबायाँ १०–१० मि कायम गरी विस्तृत सर्भेक्षण भइरहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख डिभिजन इन्जिनियर पुष्प रञ्जितले बताउनुभयो । विसं २०३२ मा मेलचौरदेखि तत्कालीन सानोसिरुबारी गाविस भवनसम्मको तीन किमी सडकलाई जिप गुड्न सक्ने गरी जनश्रमदानबाट निर्माण गरिएको थियो ।

बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि २०४९ सालमा जिल्ला परिषद्ले जिल्लास्तरीय सडकका रुपमा स्तर निर्धारण गरेको थियो । काठमाडौँदेखि भीमटारसम्म सिधा बस सेवा सञ्चालन हूँदै आएको सो सडकले काभ्रेपलाञ्चोकको सिपाघाटलाई जोडेको छ । इन्द्रावती नदीमा पक्की पुल बनेसँगै निकट भविष्यमा भक्तपुरको नगरकोटसँग जोडिने सो सडक चौताराबाट काठमाडौँसँग पुग्ने छोटो दूरीको हुने छ ।

विसं २०५४ मा बस सञ्चालन हुने गरी पाँचदेखि छ मि चौडाइमा निर्माण गरिएको सो सडकलाई आव ०६०÷६१ र ०६१÷६२ मा स्वीस सरकारको सहयोगमा जिविसको डिआरएसपी कार्यक्रमअन्तर्गत करिब रु दुई करोडमा तार जाली तथा सोलिङ समेत गरिएको थियो । उक्त सडकखण्डमा पर्ने झ्याँडीखोलामा हाल पक्की पुल निर्माण भइरहेको छ ।

हाल सडकका लागि १०–१० मि आवश्यक पर्नु भन्नु त्यति सान्दर्भिक नभएको चौतारा सिपाघाट मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment