Comments Add Comment

इस्तानबुलमा प्रहरी सवार बसमा विष्फोट, ११ को मृत्यु

istanbul_blast

२५ जेठ, काठमाडौं । टर्कीको राजधानी इस्तानबुलमा प्रहरीहरु चढेको एक बसमा बम विष्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।

इस्तानबुलका गभर्नरका अनुसार वेजनिसलर क्षेत्रको बायजिद चोकमा मंगलबार प्रहरी सवार बसमा बम विष्फोट गराइएको थियो ।

रिमोट कन्ट्रोलको माध्यमबाट बम विष्फोट गराइएको थियो । बम विष्फोट पछि गोली चलेको आवाजसमेत सुनिएको स्थानीयले बताएका छन् ।

घटनाको जिम्मा कसैले पनि नलिएको इस्तानबुल प्रहरीले जनाएको छ । टर्कीमा हालै कुर्द विद्रोही समूह र सरकारबीच टकराव बढेपछि हिंस्रक घटनाहरु बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment