Comments Add Comment

डेढ किलो यार्सागुम्बासहित चार जना पक्राऊ

२५ जेठ, काठमाडौं । मकवानपुर प्रहरीले यार्सागुम्बासहित ४ जनालाई पक्राउ गरेर जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ ।

yarsa-gumba-sahit-pakrauपक्राउ पर्नेहरुमा सुर्खेतको बिरेन्द्रनगर २० बस्ने ३७ वर्षीय दिलिप बुढा, सोही स्थानका २३ वर्षीय उदय खड्का, जुम्ला नगरकोट ७ का २५ वर्षीय शेरबहादुर बुढा र बाँकेको नेपालगञ्ज-८ बस्ने २३ वर्षीय रबि श्रेष्ठ रहेका छन् ।

सोमबार बिहान साढे सात बजेतिर ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको टोलीले एक किलो ६ सय ग्राम यार्सागुम्बासहित उनीहरुलाई पक्राउ गरेको हो । बीरगंजबाट हेटौडा तर्फ आउँदै गरेको ना ४ ख ६२८८ नम्बरको यात्रु बसलाई हेटौडा-१७ रातोमाटेस्थित प्रहरी चेकपोष्टमा जाँच गर्दा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment