Comments Add Comment

युरो कपअघि स्पेनको अप्रत्यासित हार

spain२६ जेठ, काठमाडौं । युरो कप अघिको मैत्रिपूर्ण फुटबलमा डिफेण्डिङ च्याम्पियन स्पेनले अप्रत्यासित हार व्यहोरेको छ । बुधबार विहान भएको खेलमा जर्जियाले स्पेनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा स्पेनले हावी भएको थियो र, उसले गोल गर्ने थुप्रै अवसरहरु पाएको थियो । तर, फिनिसिङमा देखिएको कमजोरीका कारण गोल गर्न सकेन ।

डिफेन्समा भएको गल्तीको फाइदा उठाउँदै विश्व वरियताको १३७ औं स्थानमा रहेको जर्जियाले स्पेनलाई हराएको छ । जोर्डी अल्बको कमजोर पासलाई बिचमै खोस्दै टानाइकले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।

स्पेनको यो २०१५ मार्च पछि पहिलो हार हो । यो पटक स्पेनले उपाधि जित्ने लक्ष्य राखेको छ । र, आफ्नो पहिलो खेलमा सोमबार चेक रिपब्लिकको सामाना गर्दैछ । उसको समूहमा क्रोएसिया र टर्की छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment