Comments Add Comment

कोपा अमेरिकामा अमेरिकाको पहिलो जित

usa_copa२६ जेठ, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा अमेरिकाले पहिलो जित हात पारेको छ ।

बुधबार विहान भएको खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई ४-० गोल अन्तरले पराजित गरेको हो । अमेरिकालाई यो खेल जित्नै पर्ने दबाव थियो । यदि हारेको भए समूह चरणबाटै बाहिरिने अवस्था रहन्थ्यो ।

अमेरिकाले प्रतियोगिताकै उद्घाटन खेलमा अमेरिका कोलम्बियासँग पराजित भएको थियो ।

खेलमा अमेरिकाले नवौं मिनेटमा डेम्पसी पेनाल्टी गोलबाट अग्रता लिएको थियो । क्रिष्टिन आम्बोओले बोबी वुडलाई लडाइपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

खेलको ३७ औं मिनेटमा जोन्सले गोल गरे भने ४२ औं मिनेटमा वुडले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ३-० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा भने कोष्टारिकाले सम्हालिएर खेल्यो । तर, गोल फर्काउन सकेन । खेलको ६७ औं मिनेटमा ब्रायन रुजको प्रहार बारमा लाग्यो भने कोष्टारिकाले ८३ औं मिनेटमा पनि गोल गर्ने राम्रो अवसर पाएको थियो । तर, ८७ औं मिनेटमा गोल खानपुग्यो । जुसीले गोल गर्दै अमेरिकालाई ४-० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment