Comments Add Comment

संविधान कार्यान्वयनमा बेलायतको चासो

प्रधानमन्त्रीसँग बेलायती बिदेश सचिवको भेट

PM Kp oli
फाइल फोटो

२६ जेठ, काठमाडौं । बेलायतले संविधानको कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग चासो राखेको छ ।

नेपाल भ्रमणमा रहेका बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)का सचिव मार्क लोककले बुधबार विहान सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी संविधानको कार्यान्वयनबारे चासो राखेका हुन् ।

भेटवार्तामा बेलायती प्रतिनिधिले, संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशवादी र आदिवासी जनजाति सम्बद्ध केही दलले गरिरहेको आन्दोलन बारेमा पनि चासो राखेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले संविधानमा कुनै पनि समस्या नरहेको र असन्तुष्ट दलहरुलाई उनीहरुका मागका सम्बन्धमा छलफलका लागि सरकारले वार्ताको आव्हान गरेकोले छिट्टै समस्याकाे समाधान हुने अाश्वासन दिएकाे प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार गोपाल खनालले जानकारी दिए ।

बेलायती सचिवद्वयले प्रधानमन्त्री ओलीसँग नेपालको आर्थिक विकासका योजनाबारे पनि चासो राखेका थिए । उनीहरुले नेपाल आर्थिक रुपमा सम्पन्न होस् भन्ने बेलायती चाहना रहेको र पुरानो मित्रका नाताले त्यसका लागि सहयोग गर्न इच्छुक रहेको भन्दै लगानीको सुरक्षाका बारेमा जिज्ञासा राखेका थिए ।

नेपालसँग दौत्य सम्बन्ध कायम भएको २ सय वर्ष पुगेको अवसरमा नेपाल आएका बेलायती सचिवद्वयले विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि भेट्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment