Comments Add Comment

कामु प्रधानन्यायाधीश र दीक्षितपत्नीबीच हाडनाता !

न्यायाधीशले नाता सम्बन्धका मुद्दा हेर्न मिल्दैन

Kanakmani२७ जेठ, काठमाडौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ ।

कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितिपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध रहको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

शान्ताले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कार्कीले सुनुवाई गरेकी थिइन् ।

सुशीला र दीक्षितपत्नी शान्ताको पुस्तौली थलो धनकुटाको लेगुवा हो । स्रोतका अनुसार सुशीला र शान्ता अर्जुनवीर बस्नेतका सन्तति हुन् । अर्जुनका ती छोरा थिए नरवीर, चन्द्रवीर र  तिलकविक्रम बस्नेत । सुशीला तिलकविक्रमको पनातिनी हुन् भने शान्ता नरवीरकी खनातिनी हुन् । यो नाताले उनीहरु फुपु भदै पर्छन् ।

मुलुकी ऐनको अदालती बन्दोबस्तीको ३० नम्बरअनुसार न्यायाधीशले नातासम्बन्ध भएका कुनै पनि मुद्दा हेर्न मिल्दैन । सो दफामा उल्लेख भएका नातासम्बन्ध स्वार्थ सरोकारवाला पक्ष भएकाले यसरी मुद्दा हेरिएका स्वतः विवादको विषय बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment