Comments Add Comment

जथाभावी सडक खन्दा ग्रामिण क्षेत्रमा जोखिम बढ्दै

sadak_village२७ जेठ, ताप्लेजुङ । सडक निर्माणका क्रममा प्राविधिक सर्वेक्षण नै नगरी जथाभावी डोजर चलाउदा ताप्लेजुङका ग्रामिण क्षेत्रका सडकहरु जोखिमपूर्ण बनेका छन् ।

सामान्य प्राविधिक सर्वेक्षणसमेत नगरी डोजर सञ्चालन गर्दा पहिरोको जोखिम बढेको छ भने कतिपय स्थानमा खसेको पहिरोले ठूलो भूभागलाई समेत पुरिदिने गरेको छ ।

ताप्लेजुङको फावाखोला, सिकैचा, आम्बेगुदिन, पेदाङ, फुलबारी, निगुरादिन लगायतका गाविसमा पुर्‍याईएको अधिकाँस सडक प्राविधिक बिना अन्दाजको भरमा उपभोत्ता समितिका पदाधिकारी र एक्साभेटर सञ्चालकहरुले नै खनेको पाईएको जिल्ला विकास समितिका योजाना अधिकृत अम्बिका चौलागाईले बताए ।

यी स्थानमा खनिएका सडकले गाउँलाईनै जोखिममा पारेको छ भने वर्षातको समयमा सडक हुँदै आवात जावत गर्ने स्थानियबासी समेत जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माण गर्न एक्साभेटर जस्तो भारी उपकरणको प्रयोगले झनै जोखिम निम्त्याएको छ ।

ग्रामीण क्षेत्रमा डोजर चलाउने काम फेसनजस्तै भएको छ । तर, यसले पुर्‍याउन सक्ने सम्भावित क्षतिका बारेमा ध्यानै नगएको पेदाङका स्थानीय भिम खत्रीले बताए ।

sadakएक्साभेटरलगायत भारी उपकरण प्रयोग सम्बन्धमा २०७० जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले त्यसै अनुरूप २०७० जेठमै सबै जिविसलाई परिपत्र गर्दै कुन-कुन काममा भारी उपकरण प्रयोग गर्ने भन्नेबारे यकिन गर्न जिल्ला प्राविधिक कार्यालय प्रमुखको संयोजकत्वमा प्राविधिक समिति गठन गर्न निर्देशन दिए पनि यो निर्णय कार्यान्वयनमा अझै आएको देखिंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment