Comments Add Comment

युरो कपका ११ लेजेन्ड, जसको तस्वीर प्रदर्शनीमा राखियो

युरो कप फुटबल भोलिबाट फ्रान्समा सुरु हुँदैछ । त्यसको पूर्व संध्यामा परिसियन होटलमा युरो कपका ११ लेजेन्डहरुको तस्वीर प्रदर्शन गरेका छन् ।

जसमा जिनेदान जिदानदेखि क्रिष्टियानो रोनाल्डोसम्म छन् । रोनाल्डो यो पटक युरोमा धेरैले हेर्न चाहेका खेलाडी हुन् भने जिदान प्रशिक्षक भइसके ।

Gianluigi Buffon

१. गोलकिपर बुफोन । उनले इटलीका लागि १५० भन्दा बढी खेल खेलिसकेका छन् ।

Philipp Lahm

२. फिलिप लाहम । जर्मनीका लाहलले २०१४ मा सन्यास लिइसके । त्यसले उनलाई यो युरोकपमा देख्न सकिन्न ।

Franz Beckenbauer

३. फ्रान्ज बेकेनबाउर । उनी जर्मनीका लेजेन्ड हुन् ।

Carles Puyol

४. कार्लोस पुयोल । बार्सिलोनाका कार्लोस पुयोल स्पेनका कप्तान थिए । उनले पनि सन्यास लिइसके ।

Paolo Maldini

५. पाउलो मालडिनी । उनी आफ्नो पुस्ताका उत्कृष्ट डिफेण्डर हुन् ।

Andrea Pirlo

६. आन्द्रे पिर्लो । इटलीका उनी अहिले न्यूयोर्क सिटीबाट अमेरिकी लिग खेल्छन् ।

Andres Iniesta

७. आन्द्रे इनिष्टा । स्पेनले २०१२ मा युरो कप जित्दा उनी टिममा मुख्य सदस्य थिए । उनी अहिले पनि बार्सिलोनाबाट खेलिरहेका छन् ।

Zinedine Zidane

८. जिनेदिन जिदान । फ्रान्सका लेनेन्ड अहिले स्पेनिस जाइन्ट रियल मड्रिडको प्रशिक्षक छन् ।

Cristiano Ronaldo

९. क्रिष्टियानो रोनाल्डो । उनी यो पटक पनि युरो कप खेल्दैछन् र पोर्चुगललाई युरो कपको उपाधि दिलाउने लक्ष्य छ ।

Thierry Henry

१०. थिएरी हेनरी । फ्रान्सका लेजेन्ड उनी २००० को विजेता हुन् ।

Marco van Basten

११. मार्को भान बस्टेन । उनी नेदरल्याण्डका पूर्व स्ट्राइकर हुन् । यो पटक युरो कपमा नेदरल्याण्ड भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment