Comments Add Comment

एक दिन नेपाल बन्द हुँदा अर्थतन्त्रमा २ अर्ब नोक्सानी

FNCCI२७ जेठ, काठमाडौं । वर्षाैदेखि राजनीतिक अस्थिरताको मारमा परेको अर्थतन्त्र अझै तंग्रिन सकेको छैन । मुलुकमा लगातारजसो हुने बन्द हड्तालले अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित बनाउँदै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले गरेको अध्ययनले एक दिन नेपाल बन्द हुँदा २ अर्ब रुपैयाँ बराबरको नोक्सानी हुने देखएको हो । देशको कूल ग्राहस्र्थ उत्पादनसँग हिसाब गरेर निकाल्दा एक दिन नेपाल बन्द हुँदा २ अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको महासंघका अध्यक्ष पशुपति मुरारकाले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामीले गरेको अध्ययनले एक दिन बन्द हुँदा मुलुकको अर्थतन्त्रमा २ अर्ब रुपैयाँ नोक्सानी हुने देखिन्छ,’ मुरारकाले भने- ‘यस्ता घटनाले लगानीकर्ताहरुको मनोवल गिराउँदा दीर्घकालमा अर्थतन्त्रमा कति असर पर्छ भनेर त भनिरहनु नपर्ला ।’

केही वार्षअघि राष्ट्र बैंकले गरेको अध्ययनले पनि एक दिनको बन्दले अर्ब बढी नोक्सानी हुने देखाएको थियो ।

‘बन्दले १५ लाख साना-ठूला व्यवसायी मारमा परेका छन्,’ उनले भने, -‘बन्दले उत्पादन, आपूर्ति र निर्यातमा ठूलो घाटा पुगेकाले उद्योगी-व्यवसायी पलायन भएका छन् ।’

मुरारकाका अनुसार देशमा १ लाख १० हजार बढी कम्पनी दर्ता गराएका व्यवसायी भएपनि १५ लाख साना-ठूला व्यवसायी छन् । नयाँ संविधान बनेपछि मुलु आर्थिक सम्मृद्विको बाटोमा लम्किन्छ भन्ने अपेक्षा गरिएको भएपनि त्यस्तो वातावरण बन्न नसकेकोप्रति मुरारकाले गुनासो गरे ।

राजनीतिक अस्थिरताका कारण चालू अार्थि वर्षमा देशको कुल ग्रार्हस्थ उत्पादन ५ अर्ब रूपैयाँले अर्थात ०.७७ प्रतिशतले मात्रै बढेको छ । हाल मुलुकको जीडीपीको अाकार २१ खर्ब रूपैयाँको हो ।

भूकम्प, मधेस अान्दोलन र भारतीय नाकाबन्दीका कारण नेपाली अर्थतन्त्रले खर्बाैंको नोक्सानी व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment