Comments Add Comment

समूह सीः जर्मनीलाई कसले माथ देला ?

Germanyविश्व बिजेता जर्मनी फ्रान्स युरोकपमा उपाधिको सबैभन्दा ठूलो दावेदार टोली हो । अट्याकिङ फुटबलको बादशाह मानिने जर्मनीले दुई बर्ष अघिमात्र विश्वकपको फाइनलमा अर्जेन्टिनालाई हराएर उपाधि चुमेको थियो ।

स्मरणीय कुरा त के छ भने जर्मनीले सेमिफाइनलमा विश्व फुटबलको महारथी ब्राजिलमाथि ७-१ गोल अन्तरको अविश्मरणीय जीत निकालेर सनसनी मच्चाएको थियो । विश्वबिजेता बनाउने प्रशिक्षक जोचिम ल कै नेतृत्वमा जर्मनी फ्रान्स युरोमा सहभागी हुँदैछ ।

जर्मनीले जुन १२ मा युक्रेन, १६ मा पोल्याण्ड र २१ म्ा नर्दन आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो १० बर्षमा आक्रामण फुटबलबाट आफूलाई छुट्टै पहिचान बनाएको जर्मनीले यसैलाई आत्मसाथ गरी विश्कप जितेको हो । चार पटकको विश्व बिजेता र ३ पटकको युरो बिजेता जर्मनीले यस युरोमा पनि उसले ४-२-३-१ को फर्म्याटमा फुटबल खेल्ने अनुमान छ ।

जर्मनीका तीन मुख्य खेलाडी

म्यानुखल निउरः निउर बर्तमान समयमा विश्वका उत्कृष्ट गोलकिपर हुन् । उनलाई छक्याएर गोल गर्न विश्वका ठूला स्टारहरुलाई पनि हम्मेहम्मे पर्छ । रोमाञ्चक बचाउ तथा आफ्नो क्षेत्रबाट शतप्रतिशत योगदान दिने बार्यन म्युनिखका यी स्टारको प्रदर्शनमा जर्मनीको भविश्य निर्भर छ ।

इम्रे कानः इम्रे कान मुख्यतः डिफेण्डर हुन् । तर पछिल्लो समय उनले आफुलाई उत्कृष्ट मिडफिल्डरको रुपमा पनि बिकसित गरेका छन् । पछिल्लो समय उनको प्रदर्शन र फिल्डमा देखिने सक्रियता यसपटकको युरोकपमा हेर्नलायक हुनेछ ।

लेरोइ सेनः युरोपेली फुटबलमा सबैभन्दा सम्भावना भएका खेलाडीमध्येमा अग्रपंक्तिमा आउँछन् सेन । उनी यस्तो जादुयी स्ट्राइकर हुन कि जो कसैको खेल छायाँमा पार्न सक्छन् । साल्केका २० बर्षीय यी फर्वाडको खेल यस युरोमा हेर्नलायक हुनेछ ।

युक्रेन

युक्रेनको यो दोस्रो युरोकप सहभागिता हो । यसअघि सन् २०१२ मा युक्रेनले युरोकप खेलेको थियो । छनौट चरणमा प्लेअफ बिजेताको रुपमा युक्रेनले प्रतियोगितामा सहभागिता पक्का गरेको हो । ६७ बर्षीय प्रशिक्षक माइखालो फोमेन्कोको नेतृत्वमा युक्रेन युरोकपमा सहभागी हुँदैछ ।

UKRAINEयुक्रेनले १२ जुनमा जर्मनीसँग, १६ मा नर्दन आयरल्याण्ड र २१ जुनमा पोल्याण्डबिरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह सी बाट जर्मनीसँगै युक्रेनपनि अर्को चरणमा पुग्नसक्ने अपेक्षा गरिएको छ । यद्यपी उसका दुई मुख्य खेलाडीहरु तारास स्टेफानेन्को र एन्ड्री यार्मोलेन्कोबीचको मनमुटावले खेलमा असर गर्न सक्छ ।

हेर्नलायक तीन खेलाडी

एन्ड्री यार्मोलेन्काः डाइमानो किभका मिडफिल्डर यार्मोलेन्को निक्कै उत्कृष्ट मिडफिल्डर हुन् । युरोपका उत्कृष्ट पाँच लिगहरुभन्दा बाहिर रहेर फुटबल खेलिरहेकामध्ये सबैभन्दा उत्कृष्ट मिडफिल्डर उनैलाई मानिन्छ ।

येभेन कोनोपल्यान्काः कोनोपल्यान्काले सेभियालाई युरोपा लिगको उपाधि जिताएर यसै सिजन युरोपियन ताज पहिरिसकेका छन् । एक विंगरको रुपमा उनी युक्रेनको लागि शक्तिशाली हतियार हुन सक्छन् ।

तारास स्टेफानेन्कोः तारास एक डिफेन्सिभ मिडफिल्डरको रुपमा एक प्रभावशाली खेलाडी हुन् । रक्षापंक्रिका चार डिफेण्डरको ढालको रुपमा आफुलाई मैदानमा उतार्न माहिर यी खेलाडीको प्रदर्शनले युरोकपमा युक्रेनको भविश्व निर्धारण गर्न सक्छ ।

पोल्याण्ड

एडम नावाल्का पोलिस राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर हुन् । १९ बर्षको उमेरमा १९७८ को विश्वकप खेलेका उनी विश्वकपको ड्रिम टिममा समेत परेका थिए । उनै स्टारको प्रशिक्षणमा युरोकपका लागि पोलिस टोली फ्रान्स उत्रिएको छ ।

Poland's Lewandowski Linetty and Piszczek celebrate after winning Euro 2016 qualification soccer match against Republic of Ireland in Warsawउसले जुन १२ मा नर्दन आयरल्याण्ड, १६ मा जर्मनी र २१ मा युक्रेनसँग प्रतिस्पर्धा गर्दैछ । पोल्याण्ड युरोकपको नकआउट चरणमा पुग्न सक्छ तर पछिल्लो समय उसको मुख्य समस्या रक्षापंक्तिमा छ । छनौटमा चरणमा पोल्याण्डको समस्या यहीँ थियो । पोल्याण्डले ४-४-२ को फर्म्याटमा खेल्छ । अग्रपंक्तिमा रोबर्ट लेवान्डोस्कीलाई आर्काडियुज मिलिकले साथ दिनेछन् ।

हेर्नलायक तीन खेलाडी

रोवर्ट लेवाण्डोस्कीः जर्मन क्लव बार्यन म्युनिखबाट उत्कृष्ट सिजन सकाएका लोवाण्डोस्की युरोकपको छनौटमा सबैभन्दा धेरै १३ गोल गर्ने स्ट्राइकर हुन् । विश्वकै उत्कृष्ट मध्येका एक स्ट्राइकर लेवाण्डोस्कीकै प्रदर्शनमा युक्रेनको युरोकप यात्रा निर्भर हुनेछ ।

जिगोर्ज क्रिचोविकः क्रिचोविक एक उत्कृष्ट मिडफिल्डर हुन् । उनको उत्कृष्ट प्रदर्शनकै कारण स्पेनीस टोली सेभियाले युरोपा लिगको उपाधि जितेको थियो ।

आर्काडियुज मिलिकः उनी भर्खर २२ बर्षका भए । तर उनले गोलको कीर्तिमान कायम गरेका छन् । नेदरल्याण्ड्सको घरेलु लिगमा गत सिजन उनले प्रत्येक २ खेलमा १ गोल गर्ने रेकर्ड राखेका छन् । लोवाण्डोस्कीसँगको उनले तालमेल यस युरोकपमा हेर्नलायक हुनेछ ।

नर्दन आयरल्याण्ड

मिचेल ओ’निल आइरिस टोलीबाट मिडफिल्डरको रुपमा खेल्न औसत खेलाडी थिए । तर प्रशिक्षकको रुपमा भने उनी निक्कै सफल भए । नर्दन आयरल्याण्डलाई पहिलो पटक युरोकपमा छनौट गराउने भाग्यमानी प्रशिक्षक बनेका उनलाई त्यहाँ निक्कै सम्मान गरिन्छ । यसपटकको युरोमा उनैको नेतृत्वमा आइरिस टोली मैदानमा उत्रँदैछ ।

Soccer - UEFA European Championship Qualifying - Group F - Northern Ireland v Greece - Windsor Parkनर्दन आयरल्याण्डले जुन १२ मा पोल्याण्ड, १६ मा युक्रेन र २१ म्ा जर्मनीबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । नर्दन आयरल्याण्डले निक्कै संगठित फर्म्याट ४-५-१ अनुसार खेल्ने गर्छ । केल लफेर्टी अग्रपंक्रिमा एक्लै खेल्नेछन् । ओ’निलले प्रायः डिफेन्समा बढि केन्दि्रत गर्छन् ।

हामीले यो भुल्नुहुँदैन कि नर्दन आयरल्याण्ड छनौट चरणमा समूह ‘एफ’ को बिजेताको रुपमा प्रतियोगिताको लागि छनौट भएको थियो । नर्दन आयरल्याण्डको संगठित खेलले प्रतियोगिताको नकआउट चरणमा पुग्न सक्छ ।

हेर्नलायक तीन खेलाडी

केल लेफर्टीः केलले छनौट चरणमा समूहको सर्वाधिक ७ गोल गरेका थिए । अग्रपंक्तिमा उनी एक्लै खेल्ने गर्छन् र त्यो उनका लागि प्रभावकारी पनि देखिएको छ ।

स्टुवार्ट डल्लासः डल्लास एक प्रभावशाली खेलाडी हुन्, जो मैदानको पछिल्लो भागका जुनसुकै क्षेत्रमा प्रभाव जमाउन सक्षम हुन्छन् । सेन्टर ब्याकका रुपमा पनि उनी उत्कृष्ट छन् ।

विल ग्रिगः विल ग्रिग चले भने नर्दन आयरल्याण्ड यस युरोकपमा डण्डर डगको रुपमा स्थापित हुनेछ । यसै सिजन पि्रमियर लिगमा बढुवा भएको विगान एथ्लेटिक्सबाट उनले यस सिजन २५ गोल गरेका छन् । आक्रामक मिडफिल्डरको रुपमा उनको खेल यस युरोकपमा हेर्नलायक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment