Comments Add Comment

पाइजामा म्यानले बनाउन पाउलान् त यो रेकर्ड ?

Gabor Kiralyउमेर ४० कटिसक्यो तर, गबोर केरलीको जोशमा कुनै कमी आएको छैन । र, उनी यो पटक युरो कपमा हंगेरीको मुख्य गोलकिपर हुन् ।

युरो कप फुटबल प्रतियोगिता शुक्रबारबाट फ्रान्समा सुरु हुँदैछ । र, गबोर केरलीले जर्मन लेजेन्ड लोथर म्याथुजको नाममा रहेको युरोपियन च्याम्पियनसिप खेल्ने सबैभन्दा जेठो खेलाडीको रेकर्ड ताड्ने अनुमान छ ।

मंगलबार हंगेरीले अष्ट्रियाविरुद्ध खेल्दा केरलीले देशका लागि १०४ औं खेल खेल्ने छन् । र, उनी ४० वर्ष दुई महिना १४ दिनको हुनेछन् ।

उनी हंगेरीका लागि धेरै खेल खेल्ने फुटबलर समेत हुन् । उनले १९९८ मा नेशनल टिमबाट डेब्यू गरेका थिए ।
क्लब फुटबलमा पनि उनले राम्रै प्रदर्शन गरेका थिए । उनले गोलकिपरको भूमिका निभाउने क्रममा अधिकांश समय फुल ट्राउजर मात्र लगाए । जसका कारण उनलाई पाइजामा म्यान भनेर समेत उपनाम दिइएको छ ।

व्यवसायिक फुटबल खेल्ने क्रममा उनले इंग्ल्याण्डमा क्रिस्टल प्यालेस, बार्नेली र फुलहृयामबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment