Comments Add Comment

उपप्रधानमन्त्री थापा भारत जाँदै

Kamal-Thapa२८ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा आज भारत भारत भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री भएपछि उनको यो पाँचो भारत भ्रमण हो । थापा आज ९ बजेर ५० मिनेटमा जेट एयरवेजको विमान मार्फत त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

दक्षिण एसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा सार्क मन्त्रिपरिषद अध्यक्षको हैसियतमा थापा दिल्ली जान लागेका हुन् । दिल्लीमा रहँदा उनले राजनीतिक भेटघाट समेत गर्ने छन् ।

२४ असोजमा नयाँ सरकार गठन भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री थापा १ कात्तिकमा भारतको औपचारिक भ्रमणमा गएका थिए । मंसिर दोस्रो साता उनी अध्यात्मिक गुरु रविशंकरको कार्यक्रममा सहभागी हुन बेग्लोर जाँदा दिल्ली पुगेका थिए । त्यही क्रममा मधेस मामिला समाधानका लागि चारबुँदे समाधान तय भएको थियो ।

त्यसपछि उनी प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सहभागि भएका थिए । त्यसको एक महिनापछि नयाँदिल्लीमा राविशंकरद्वारा आयोजित कार्यक्रममा सहभागी हुन थापा नयाँदिल्ली पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment