Comments Add Comment

उरुग्वे आउट, भेनेजुएला र मेक्सिको क्वार्टरफाइनलमा

Uruguay२८ जेठ, काठमाडौं । सर्वाधिक १५ पटकको च्याम्पियन उरुग्वे कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ भने मेक्सिको र भेनेजुएला भने क्वार्टरफाइनलमा पुगेका छन् ।

शुक्रबार विहान भएको खेलमा उरुग्वेले भेनेजुएलासँग १-० को अप्रत्यासित हार व्यहोरेको छ । यससँगै उरुग्वे लगभग प्रतियोगिताबाट बाहिरियो । त्यसलगतै भएको खेलमा मेक्सिकोले जमैकालाई २-० ले हराएपछि उरुग्वे औपचारिक रुपमै आउट भएको छ ।

लुइस स्वरेज विनाको उरुग्वे पहिलो खेलमा मेक्सिकोसँग ३-१ ले पराजित भएको थियो । दोस्रो खेलमा पनि उनी खेल्न सकेनन् । र, भेजेलुएलाले उरुग्वेलाई हराउँदै अन्तिम आठमा स्थान बनायो ।

अहिलेसम्म उपाधि जित्न नसकेको भेनेजुएलाले १५ पटकको च्याम्पियनविरुद्ध ३६ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि सालोमान रोन्डनले विजयी गोल गरेका थिए ।

अब उसले समूह चरणको अन्तिम खेलमा जमैकासँग खेल्नेछ । उरुग्वेले पछिल्लो पटक २०११ मा उपाधि जितेको थियो । गत सिजन भने क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।

मेक्सिको पनि अन्तिम आठमा

अर्को खेलमा मेक्सिकोले जमैकालाई २-० ले हराएको छ । उसको जितमा जाभियर हर्नान्डेज र पेराल्टाले गोल गरे ।

लगातार दुई जित हात पारेको मेक्सिको र भेनेजुलाएलाको समान ६-६ अंक भएको छ । र, समूह चरणको अन्तिम खेलले समूह विजेताको टुंगो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment