Comments Add Comment

इंग्लिस स्ट्राइकर रुनीको अर्को हृयाट्रिक !

NINTCHDBPICT000243089954इंग्ल्याण्डका सबैभन्दा अनुभवी खेलाडी हुन् स्ट्राइकर वायन रुनी । इंग्ल्याण्डका लागि १११ खेलमा ५२ गोल गरेका रुनीले अन्तर्राष्ट्रिय र व्यवसायिक दुवै खेलमा थुप्रै हृयाट्रिक गरेका छन् । सेप्टेम्बर २८, २००४ मा फेनरबाचेबिरुद्ध उनले करिअरको पहिलो हृयाट्रिक गरेका थिए । त्यसपछि उनले हृयाटि्रकको पनि हृयाटि्रक भइसकेको छ । यो नौलो कुरा रहेन ।

रुनीले फ्रान्समा शुक्रबारदेखि हुन लागेको युरोकपमा इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट कप्तानी गर्दैछन् । यो उनको हृयाट्रिक युरोकप हो ।

सन् २००४ र २०१२ मा उनले युरोकप खेलिसकेका छन् । २००८ मा भने इंग्ल्याण्ड प्रतियोगिताको छनौटचरणबाटै बाहिरिएको थियो । यो पनि अनौठो होइन ।

रोमाञ्चक कुरा त के हो भने रुनीले कपाल ‘ट्रान्सप्लान्ट’मा समेत हृयाटिक गरेका छन् । युरोका लागि फ्रान्स प्रस्थान गर्नुअघि उनले कपाल ट्रान्सप्लान्ट गरेको जानकारी ट्वीटरमार्फल दिएका छन् भन् सँगै उनले कपालको लागि उपयुक्त ‘हेयर जेल’ सिफरिस गर्न समेत साथीहरुलाई आहृवान गरेका छन् ।

युवा अवस्थामै आफ्नो तालुदेखि दिक्क भएका रुनीले लण्डनमा सन् २०११ पहिलो पटक हेयर ट्रान्सप्लान्ट गराएका थिए । त्यसपछि उनले २०१३ मा पनि ट्रान्सप्लान्ट गरेका थिए । अहिले उनको तालुमा टम्म कपाल देख्न सकिन्छ र उनलाई यो सुहाएको पनि छ ।

२०११ मा मुख्य उपचार सुरु गरेका उनले पहिलो चरणको प्रत्यारोपण गरेको दुई बर्षपछि दोस्रो चरणको प्रत्यारोपण गरेका हुन् । उनले कपाल प्रत्यारोपण गरेको हार्ली स्ट्रेट क्लिनिकले पनि रुनीले दोस्रो चरणको कपाल प्रत्यरोपण प्रक्रियाका लागि आफ्नो अफिस भ्रमण गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment