Comments Add Comment

दुई महिना लामो युरोप भ्रमण सकेर मह जोडी नेपाल फिर्ता

Madan-Krishna-and-Haribanshaबार्सिलोना । दुई महिना लामो युरोप यात्रा सकेर महजोडी सहितका कलाकारहरु शुक्रबार नेपाल प्रस्थान गरेका छन् । बरिष्ट कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरीबंश आचार्य सहितको टोली बेल्जियमबाट काठमाडौ प्रस्थान गरेको हो।  १२ बर्ष पछि  युरोप यात्रा गरेका मह जोडीले युरोपका १६ राष्ट्रहरुमा पुगेर मह जात्रा सम्पन्न गरेका छन्।

कतिपय राष्ट्रहरुमा मह जोडीका दुई, तीन वा त्योभन्दा बढी समेत कार्यक्रमहरु सम्पन्न भए। सम्भबत: युरोपको नेपाली समुदायको ईतिहासमा नै यति धेरै राष्ट्रहरुमा पुगेर लगातार रुपमा सबैभन्दा बढी कार्यक्रम गर्ने मह-जोडी नै पहिलो कलाकार टोली बनेको छ।

महजोडीको साथमा कलाकार नरेन्द्र कंसकार, मोहित आचार्य, गायिका माण्डबी त्रिपाठी, यमन श्रेष्ठ र हरिबंश पत्नी रमिला आचार्य रहेका थिए । मह जोडीसहितको टिम नर्बे, फिनल्याण्ड, डेनमार्क, पोल्याण्ड, स्विडेन, स्पेन, जर्मनी, ईटाली, फ्रान्स, अष्ट्रिया, चेक गणतन्त्र, पोर्चुगल, स्बिजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम लगायतका मुलुकहरुमा पुगेर महजात्रा सम्पन्न गर्न सफल बनेको छ।

कार्यक्रमबाट जम्मा भएको रकमबाट आफूहरुले केहि पारिश्रमिक लिने र केहि एनआरएनए महिला फोरमले संचालन गरेको दुर्गम जिल्लाका पाठेघर खस्ने महिलाहरुको उपाचारका लागि छुट्टाउने महजोडीले बताउँदै आएका छन्।

महजोडी कार्यक्रमबारे सम्पूर्ण संयोजन गैरआवासीय नेपाली संघ महिला फोरम उप-संयोजक रजनी प्रधानले गरेकी थिइन् ।

युरोप यात्रामा मह जोडीको सन्देश के थियो ?

युरोप यात्राका क्रममा महजोडी कलाकारहरु प्रहसन मात्र हैन नेपाली समुदायबीच अन्तरक्रियामा पनि सहभागी बने। चाहे प्रत्यक्ष अन्तरक्रिया कार्यक्रमहरुमा होस् वा प्रहसनको माध्यमबाट राष्ट्रप्रेम झल्कने सन्देशहरु महजोडीले छोडेका छन्।

देशमा गएको बिनाशकारी भूकम्प पछि नेपालमा जारी भएको संबिधान प्रति असन्तुष्टि जनाउँदै भारतले लगाएको नाकाबन्धी प्रति पनि महजोडीले प्रहसनमा कडा ब्यङ्ग प्रहार गरे।  नेताहरुलाई छिमेकीले नाकाबन्धी लगाएर आँखा खुलाईदिएको भन्दै यसबाट पाठ सिक्नु पर्नेमा उनीहरुले जोड थियो।

यस्तै नेवारबहादुर बनेका हरिबंश र बाहुनबहादुर बनेका मदनकृष्णले बाहुन, नेवार, गुरुङ, मगर जो भए पनि पहिले आफूलाई नेपाली सम्झनुपर्ने सन्देश पनि युरोपका नेपालीहरु माझ छाडेर गएका छन्।  जातियताका नाममा देशमा  युद्द निम्ताउने खतरा रहेको भन्दै उनीहरुले प्रहसनले मार्फत पहिले नेपाली बन्न सबैलाई प्रेरित समेत गरे।

जातीय आधारमा प्रदेश बाँड्ने दलहरुको आश्वासनलाई महजोडीले प्रहसन मार्फत गतिलो झापड हानेका छन्।  जातभातकै कुराले नै बिश्वका धेरै देशहरु टुक्रिएको बयान गर्दै नेपाललाई जोगाएर राख्न जोड दिए । प्रहसनवाट नै महजोडीले देशमा अझै पनि खुलेआम गुण्डा र दादागिरीको राज चलिरहेको झल्काएका थिए।

राजनीतिक दल तथा तिनका नेताहरुले यसलाई रोख्नुको सट्टा उल्टै संरक्षण गरेको प्रति प्रहसनले कडा प्रहार गरे। मुलुकमा वाक्क दिक्क भएर विदेशको सपना देख्ने युवकहरु ठगिने गरेको यथार्थलाई पनि महजात्रामा छुट्टाइएको छैन। देश बनाउने युवाहरु विदेशबाट आफ्नो सिप र अनुभव लिएर स्बदेश फर्कन समेत महले युरोपको नेपाली समुदायलाई प्रेरित गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment