Comments Add Comment

अर्को वर्षदेखि कामदारको कोटा बढाउन कोरिया सकारात्मक

korean eps line (17)२९ जेठ, काठमाडौं । नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरिया सकारात्मक भएको छ ।

कोरियाका भ्रमणमा रहेको परराष्ट्र सचिव शंकरदास बैरागीको टोलीसँग भएको द्विपक्षीय भेटमा डेपुटी श्रम मन्त्री पार्कजंग गिलले कोटा बढाउने आश्वासन दिएका हुन् ।

दुई पक्षीय भेटमा अवैधानिक नेपाली कामदार बढेकोप्रति कोरियाली अधिकारीले चिन्ता व्यक्त गरेका छन् । कोरियाल पक्षले प्रत्यक्ष इंगित नगरे पनि यस वर्षको कोटा घट्नुमा अवैधानिक नेपाली बढ्नु सहायक कारण बनेको छ ।  सहकार्यमार्फत अबैधानिक कामदार घटाउन दुवै पक्ष सहमत भएका अाजको अन्नपूर्णमा समाचार छ ।

मनोवैज्ञानिक परामर्शमार्फत अवैधानिक नेपालीलाई सुखीसाथ घर फिर्ती कार्यक्रम सञ्चालन गर्न पनि दुई पक्षबीच छलफल भएको छ। सीबीटी परीक्षामा सहभागी अनुसार उत्तीर्णदर घट्दै गएकाले यस वर्ष अबैधानिक नेपालीको संख्या बढेको छ ।

उमेरको बन्देज तथा भूकम्प र नाकाबन्दीका कारण युवामा निराशा उत्पन्न भई अबैधानिक हुनेको संख्या बढेको छ ।
नेपाली पक्षले भूकम्प पश्चात ईपीएसको आवश्यता अझ बढेको जनाउँदै आवश्यकता अझ बढेको जनाउँदै कामदारको कोटा बढाउन आग्रह गरेको थियो ।

यस वर्ष संख्या घटे पनि आगमी वर्ष कोटा वृद्धि गरिने डेपुटी श्रम मन्त्री पार्कजंग गिलले सकारात्मक प्रतिक्रिया दिएका छन् । नेपाली पक्षले कृषि क्षेत्रका कादारप्रति भएको विभिद बारे जानकारी गराउँदै सरकारी सेवासुविधा प्रदान गर्न आग्रह गरेको थियो । त्यस्तै नेपालले निर्माण सेवा क्षेत्रमा पनि कामदार आपूर्ति गर्न सक्ने जनाउँदै ती क्षेत्रमा पनि कामदार माग गर्न आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment