Comments Add Comment

फ्रान्सलाई जित दिलाउने पयेट मैदान छाड्दा भावुक बने

Dimitri Payet२९ जेठ, काठमाडौं ।  युरो कप फुटबलको उद्घाटन खेलमा रोमानियाविरुद्ध जित दिलाउने क्रममा उत्कृष्ट गोल गरेका दिमित्री पयेट मैदान छाड्ने क्रममा निकै भावुक बने ।

उनकै पासमा ओलिभर जिरउडले गोल गरेका थिए भने खेलको अन्त्यतिर उत्कृष्ट गोल गर्दै फ्रान्सलाई जित दिलाए । तर, खेल सकिनु अघि उनलाई सिसेकोले विस्थापित गरे । र, मैदान छाड्ने क्रममा उनको आँखाभरी आँसु भयो ।

पेयट यो वर्ष मात्र सिनियर टिममा स्थान बनाउन सफल भएका हुन् । र, युरो कपको पहिलो खेलमा नै उनले आफू उत्कृष्ट खेलाडी हो भनेर देखाएका छन् ।

गोलपछि आफू भावुक बनेको भन्दै उनले भने, सिजनको सुरुमा धेरै मानिसहरुले म यहाँ हुन्छ भनेर विश्वास नै गरेका थिएनन् । तर, मैले धेरै मेहनत गरेँ ।’

फ्रान्सले पहिलो हाफमा केही राम्रो मौका गुमाएको थियो । तर, विंगर पयेटले आफ्नो खेल देखाए । उनले भने, हामीले गल्ती त गर्दैनौं भन्ने डर थियो । जब हामी सेटल भयौं उनीहरुको डिफेन्स निकै राम्रो थियो । तर, हामी गोल गर्न सफल भयौं ।’

घरेलु समर्थकहरुले हौसलाले निकै मदत गरेको भन्दै उनले ३ अंक महत्वपूर्ण हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment