Comments Add Comment

कोपा अमेरिकामा चिलीको पहिलो जित

cheli२९ जेठ, काठमाडौं । कोपा अमेरिका कप फुटबलमा साविकको विजेता चिलीले पहिलो जित हात पारेको छ ।

शनिबार विहान भएको खेलमा चिलीले बोलिभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । चिली पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

जिलेट स्टेडियममा भएको खेलमा चिलीले दोस्रो हाफको सुरुमा नै अग्रता लिएको थियो । उसका लागि भिडालले गोल गरे । तर, ६१ औं मिनेटमा बोलिभियाका कम्बोसले बराबरी गोल गरे ।

खेलको अन्तिममा चिलीले पेनाल्टी पायो र भिडालले गोल गर्दै २-१ गोल अन्तरको जित दिलाएका छन् ।  यो समूहमा अर्जेन्टिना, पानामा र चिलीको ३/३ अंक भएको छ भने बोलिभिया अंकबिहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment