Comments Add Comment

बेन्जिमाले घरमै बसेर टीभीमा फ्रान्सको खेल हेरे

benjimaफुटबलले खुसी मात्र दिँदैन, पीडा पनि दिन्छ । यो करिम बेन्जिमाले भन्दा अरु कसले बुझेका होलान् र ?

फ्रान्समा युरोकप २०१६ सुरु भएको छ । र, उद्घाटन खेलमा रोमानियालाई हराएको छ ।

तर, फ्रान्सका मूख्य स्ट्राइकर बेन्जिमा भने घरमै बसेर टीभीमा फ्रान्सको खेल हेरिरहेका छन् । रियल मडि्रडका २८ वर्षे फवार्ड बेन्जिमा सेक्स टेप स्क्याण्डलका कारण फ्रान्सको टोलीमा छैनन् । तर, उनले इस्टाग्राममा फुटबल हेरिरहेको तस्वीर राख्दै फ्रान्सेली टोलीप्रति आफ्नो समर्थन देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment