Comments Add Comment

पोखरामा भेटियो अत्याधुनिक हतियारमा लाग्ने २४ राउण्ड गोली

Goli२९ जेठ, पोखरा । पोखरामा शनिबार अत्याधुनिक हतियारमा प्रयोग हुने गोली फेला परेको छ ।

पोखरा-८ स्थित फिर्केखोलामा अत्याधुनिक हतियार एस.एल.आर.मा प्रयोग हुने २४ राउण्ड गोली फेला परेको हो । फिर्के-बुलौंदी बृहद सरसफाई अभियानका क्रममा फिर्केखोला क्षेत्र सरसफाई गर्ने क्रममा गोली भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

एसएलआरमा प्रयोग हुने ७.६२ एमएमको २४ राउण्ड र नाईन् एमएमको ब्राउनिङ्ग पेस्तोलमा प्रयोग हुने २ दुई राउण्ड गरेर २६ थान गोली भेटिएको प्रहरीले बताएको छ ।

सरसफाईका क्रममा गोली भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाएलगत्तै गएको बैदाम प्रहरीको टोलीले गोली नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

गोली भेटिएको स्थान सशस्त्र प्रहरी बल कालिका गण भन्दा दुई सय मिटर तल बराल समाज घर नजिकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment