Comments Add Comment

पूर्वन्यायाधीशहरुले भने- न्यायपालिकामा खतरा बढ्यो

Sarboccha-Adalat३० जेठ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरुले दुष्ट भाव भएका बाहिरी तथा भित्री तत्वहरुबाट न्यायपालिकालाई झन् झन् खतरा बढ्दै गएको निष्कर्ष निकालेका छन् ।

पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरुको शनिकार राजधानीको एक होटलमा बैठक बसी न्यायपालिकालाई आफ्नो पकडमा राख्न खोज्ने र आफ्नो पकडका मान्छेलाई न्यायाधीश बनाउन खोज्नेहरुबाटै झन्झन खतरा बढ्दै गएको निष्कर्ष निकालेका हुन् ।

पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले न्यायपरिषद्ले आफ्नो मान्छेलाई न्ययाधीश बनाउने र अन्य व्यक्तिको जागिर खाने कार्य भइरहेको उल्लेख गर्दै पहिलाको पैचो तिर्न मात्र न्यायाधीश बनाउने परम्परा विकास भइरहको बताएको अाजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले न्यायक्षेत्रभन्दा बाहिर र भित्रबाट नै स्वतन्त्र न्यायपालिकामाथि आक्रमण हुन थालेकाले अदालत अहिले गम्भिर बन्दै गएको बताए ।

राजनीतिक दलहरुले आफ्ना मान्छेमात्रलाई न्यायाधिश बनाउन खोजिरहेका उल्लेख गर्दै शाहले आफ्नो पक्षमा फैसला गराउन राजनीतिक दलहरु उद्धयत भएको देखिन्छ, शाहले भने ।

कार्यक्रममा सर्वोच्च अदालका पूर्वन्यायाधिश टोपबहादुर सिंह, पुनरावेदन अदालतका पूर्वन्यायाधीश केशवप्रसाद मैनाली, पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश अलिअकबर मिकरानी लगायतले न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढेकोमा चिन्ता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment