Comments Add Comment

अमेरिका कोपा अमेरिकाको क्वार्टरफाइनलमा

Dempsey३० जेठ, काठमाडौ । अमेरिका कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार विहान भएको समूह चरणको अन्नितम खेलमा पारग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अमेरिका ६ अंकसहित अन्तिम आठमा पुगेको छ ।

समूह ए बाट कोलम्बिया यसअघि नै क्वार्टरफाइनल पुगिसकेको छ । कालम्बिया र कोष्टारिकाबीच जारी खेलको परिणाम समूह विजेताको टुंगो लाग्नेछ ।

फिलाडेल्पिmयामा भएको खेलमा अमेरिकाका लागि २७ औं मिनेटमा डम्पोसीले गरेको गोल नै निणर्ायक बन्यो । खेलको ४८ औं मिनेटमा अमेरिका १० खेलाडीमा सिमित भयो । डी यडलानले रातो कार्ड पाएका थिए । तर, पाराग्वेले त्यसको सदुपयोग गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment