Comments Add Comment

कोलम्बिया कोष्टारिकासँग हार्‍यो, अमेरिका समूह विजेता

Colombia३० जेठ, काठमाडौ । कोपा अमेरिका कप फुटबलको समूह चरणको अन्तिम खेलमा कोष्टारिकाले कोलम्बियालाई पराजित गरेको छ । यससँगै अमेरिका समूह एको विजेता बनेको छ भने कोलम्बिया उपविजितामा सिमित रहेको छ ।

आइतबार विहान भएको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई १-० ले पराजित गरेको थियो । र, यो जितसँगै उसले क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

दोस्रो खेलमा यसअघि नै अन्तिम ८ मा पुगेको कोलम्बिया कोष्टारिकासँग खेल्यो । सुरुको दुई खेल गुमाएर प्रतियोगिताबाट बाहिरिसकेको कोष्टारिकाले सान्त्वना जित हात पार्ने क्रममा कोलम्बियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

अब क्वार्टरफाइनलमा कोलम्बियाले बलियो टोली ब्राजिलको सामना गर्ने सम्भावना बलियो भएको छ । यसका लागि ब्राजिलले पेरुलाई हराउनु वा बराबरीमा राक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment