Comments Add Comment

जर्मनी भर्सेज युक्रेन प्रिभ्यूः विश्व विजेताको पल्ला भारी

समयः राति १२ः४५ बजे

Ger-vs-Ukr

विश्व विजेता जर्मनीले बलियो प्रतिद्वन्द्वी युक्रेनसँगै अर्को ठूलो प्रतियोगिता युरो कपको उपाधि यात्रा थाल्दैछ ।

पछिल्लो समय कमजार प्रदर्शन गरेको जर्मनी बलियो प्रतिद्वन्द्वी विरुद्धको खेलमा आफ्नो लयमा फर्किएका त ?

दुई वर्ष अघि मारियो गोट्जेको गोलको मदतमा चौथो पटक विश्व विजेता बनेपछि धेरैले अब जोचिम लोको टिमले स्पेनले जस्तै सफलता हात पर्छ भन्ने अनुमान गरेका थिए ।

तर, युरो कपको तयारीसम्म आइपुग्दा अर्जेन्टिनालाई हराएर विश्वकप जितेको दुई वर्षमा जर्मनी सात पटक पराजित भएको छ । खासगरी युरो कप छनौटमा उसको प्रदर्शन अपेक्षाकृत रहेन । पोल्याण्ड र रिपब्लिक अफ आयरल्याण्डसँग पराजित हुन पुग्यो । मैत्रिपूर्ण फुटबलमा पनि जर्मनी र स्लोभाकियाले हरायो ।

खासगरी चोटले लोको टिमलाई नराम्ररी बिथालेको छ । र, पहिलो खेलमा नै बलियो प्रतिद्वन्द्वी पाएको छ । युक्रेनका सहायक प्रशिक्षकका अनुसार जर्मनीविरुद्ध मैदान उत्रँदा कम्याक्टनेश र स्पीड उनको टिमको बलियो पक्ष हुनेछ ।

विगतलाई हेर्ने हो भने जर्मनीले अहिलेसम्म युक्रेनसँग हारेको छैन । अहिलेसम्म भएको पाँच भेट मध्ये दुईमा जितेको छ भने तीन खेल बराबरीमा सकिएको छ । तर, ठूलो प्रतियोगितामा जर्मनी र युक्रेनको यो पहिलो भेट हो ।

समग्रमा हेर्ने हो भने यो खेलमा जर्मनी हावी हुनेछ । र, यो खेलमा स्टार थोमस मुलर हुनेछ । उनले छनौट चरणमा ९ गोल गरेका छन् । जर्मनीलाई विश्वकपको उपाधि दिलाउने क्रममा उनले १० गोल गरे भने ६ गोल पास दिए । तर, युरोपियन च्याम्पियनसिपको पाँच फाइनलमा भने उनले न गोल गरेका छन्, न असिस्ट नै ।

तर, रिजल्ट भने जर्मनीको जित वा बराबरी हुनसक्छ । जर्मनीको जित भएछ भने पनि युक्रेनलाई ठूलो असर गर्दैन, किनकी यो विश्व च्याम्पियन र तीन पटकको युरो विजेताको जित हुनेछ ।

तर, यदि युक्रेनसँग हारेमा भने युरो कपको उपाधि जित्ने जर्मनको सपनामा सुरुमा नै प्रश्न उठ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment