Comments Add Comment

रात्री क्लबमा गोलाबारी आतंकबादी कार्यः ओबामा

Florida-attack३१ जेठ, काठमाडौं । अमेरिकी राज्य फ्लोरिडाको आरल्याण्डको एक रात्री क्लबमा भएको गोलाबारीमा मर्नेको संख्या ५० जना पुगेको छ ।

राष्ट्रपति बाराक ओबामाले गालाबारीको यस घटनालाई ‘दर्जनौं बेकसुर मानिस माथिको भीषण नरसंहार’ बताएका छन् ।

हृवाइट हाउसले जारी गरेको एक विज्ञप्तिमा उनले बन्दुक चलाउने कार्य आतंकवादी कार्य भएको भन्दै क्षमा गर्न नसकिने जनाएका छन् । उनले हत्याको कारण बारे कुनै नतिजामा अहिले पुगिनसकिएको बताएका छन् ।

उक्त शहरका मेयर बडी डायरका अनुसार फ्लोरिडामा आपतकालीन अवस्था लागूू गरिएको छ । गोलाबारी मसलिंगीको एक क्लबमा भएको थियो । अरल्याण्डका मेयरका अनुसार गोलाबारीमा ५० जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार आक्रमणकारीको रात्री क्लब भित्रै मृत्यु भएको छ । उनी अमेरिकी नागरिक भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment