Comments Add Comment

ब्राजिल कोपा अमेरिकाको समूह चरणबाटै बाहिरियो

Peru's Raul Ruidiaz३१ जेठ, काठमाडौं । ब्राजिल अप्रत्यासित रुपमा कोपा अमेरिका कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

नकआउट चरणमा पुग्न ब्राजिललाई समूह चरणको अन्तिम खेलमा जित वा बराबरीमा आवश्यकता थियो । तर, सोमबार विहान भएको खेलमा पेरुसँग १-० को अप्रत्यासित हार व्यहोर्दै ब्राजिल समूह चरणबाटै बाहिरिएको छ ।

पेरुका लागि राउल रुइडायजले ७५ औं मिनेटमा गोल गरे । उनले हातले गोल गर्न पुगेका थिए, तर, रेफ्रीले त्यसलाई गोलको मान्यता दिए ।

ब्राजिलमाथि पेरुले जित हात पारेको यो १९८५ पछि पहिलो पटक हो । र, यो कुनै पनि सानो दक्षिण अमेरिकी देशले छिमेकी फुटबल जाइन्टलाई हराएको यो चौथो पटक हो ।

जितसँगै पेरु समूह बीको विजेता बन्दै नकआउट चरणमा पुगेको छ भने इक्वेडर समूह उपविजेता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment