Comments Add Comment

क्यानाडामा नेपाल सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

canada_nepali2क्यानडा । नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडाले यहि जुन ११, शनीबार युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडामा “प्रथम नेसा  कार्यशाला गोष्ठी” आयोजना सम्पन्न गरेको छ। अल्बेर्टा राज्यका बिभिन्न स्थानमा रहेर अनुसन्धान गर्ने तथा यसमा रुची राख्ने कारीब ४५ जना नेपाली प्रध्यापक, शिक्षाबिद, बैज्ञानीक, ईन्जिनियर, डाक्टर, नर्स, पत्रकार आदीहरुको उपस्थिती थियो।

“नलेज सेयरिंग एण्ड ट्रान्सफर इन फेभर अफ नेपाल  नाम दिइएको उक्त  कार्यशाला गोष्ठीमा क्यानाडामा रहेर विभिन्न बिषयमा अनुसन्धान गरिरहनु भएका १० जना अनुसन्धानकर्ताहरुले आ-आफ्नो कार्यपत्रहरु प्रस्तुत गरेका  थियो।

अल्बेर्टा, क्यानाडाका नेपाली मुलका प्राध्यापक, अनुसन्धानरत विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुले नेपाल सम्बन्धी र अन्य रोचक बिषयमा खोजमुलक प्रस्तुती दिईरहँदा कार्यक्रमस्थल नेपालमय भएको थियो।

समाजिक बिज्ञान, बिज्ञान तथा इन्जिनियरिङ र सामाजिक स्वास्थ तथा पोषण गरी ३ चरणमा र खुल्ला छलफल गरी ४ चरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  उक्त कार्यशाला प्रस्तुत केही कार्यपत्रहरु ति नेपालका बिभिन्न क्षेत्रसँग सम्बन्धित पनि रहेका थिए ।

आयोजक संस्था नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टाका संयोजक केशब शर्माले उक्त कार्यक्रम उपस्थित सहभागीहरु, कार्यपत्र प्रस्तोताहरु, कार्यशालाको बिभिन्न चरणहरुका अध्यक्षता गर्ने प्राज्ञिक ब्यक्तित्वहरुलाई स्वागत गर्दै कार्यशालाको सुरुवात गर्नु भएको थियो।

canada_nepaliप्रथम चरणमा सामाजिक बिज्ञान अन्तर्गत ३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । यस सामाजिक बिज्ञान चरणको अध्यक्षता डा. हेमन्त जोशीले गरेका थिए ।    उक्त कार्यशालामा प्रथम प्रस्तुती गर्दै माउन्ट रोयल विश्वबिद्यालयका सह-प्राध्यपक डा. इशा शर्माले नेपालमा गत बर्ष गएको भूकम्पपछि राज्यको भूमिका कस्तो रहेको थियो । बिपदको बेला नेपाल जस्तो देशमा राज्य र जनता को सम्बन्धकस्तो हुने गर्दछ भन्ने बिषयमा आफ्नो प्रस्तुती दिएका थिए ।

त्यस्तै अल्बेर्टा युनिभर्सिटीमा अनुसन्धानरत बैकुण्ठप्रसाद आचार्यले “नेपालको ग्रामीण पर्यटनमा नारीकरण” शिर्षकमा मा प्रस्तुति गरेका थिए ।  ग्रामीण  पर्यटन मार्फत कसरी महिला सशक्तिकरण भइरहेको छ त्यस व्याख्या गरेका थिए ।

पहिलो चरणकोअन्तिम कार्यपत्रमा क्यालगरी युनिभर्सिटीका मदन नाथ, लिजा लोरेन्जेत्ती र जस्टिन ओत्तेसनले संयुक्तरुपमा पुरुषहरुको सम्पन्नता सँग घरेलु हिंसाको सम्वन्ध कस्तो हुन्छ भन्ने कुरा व्याख्या गरे ।

दोस्रोचरणमा बिज्ञान तथा ईन्जिनियरिङ सेसन सन्चालन गरिएको थियो, जम्मा ४ वटा कार्यपत्र रहेको उक्त सेसनको अध्यक्षता डा. अरबिन्द मैनाली गर्नु भएको थियो। प्रथम प्रस्तुतीको रुपमा अल्बेर्टा राज्यमा  कार्यरत डा कुसुमाकर शर्माले बागमती नदीको प्रदुषणको कारणहरु प्रस्तुत गरेका थिए ।

क्यानाडाको अल्बेर्टामा नदीलाई प्रदुषणबाट जोगाउन गरिएको प्रयासलाई नेपालमा बागमतीमा गरिएको कार्यहरुसँग तुलना गर्दै बागमतीलाई सफा राख्न गर्नु पर्ने उपाएहरु सुझाएका थिए ।

कार्यशालाको तेस्रो चरणमा तीन वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। तेस्रो चरणको कार्यशालाको अध्यक्षता डा. अरुण पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment