Comments Add Comment

स्पेनको लक्ष्य युरोकपको उपाधिमा हृयाट्रिक

Spanish-Team

भिन्सेन्ट डेल वक्स विश्वकै सफल प्रशिक्षकमध्ये एक हुन् । २००८ को युरोकपको उपाधि दिलाएर लुइस अारागोनेसले छाडेपछि अाएका उनले स्पेनको टोलीलाई पछिल्लो १० बर्षको बीचमा दुर्इ ठूला उपाधि दिलाएका छन् । त्यसमा गत संस्करणको युरोकप सामेल छ । स्पेन गएको दुई संस्करणको बिजेता टोली हो ।

स्पेनिस फुटबलको स्वर्णयुग मानिएको यस समयमा २०१० मा विश्वकपको उपाधि जित्याे । २०१३ मा फिफा कन्फेडेरेसन कपकाे उपिबजेता बनेको स्पेनको मौलिक खेलशैली ‘टिकिटाका’ खुवै हिट पनि भयो ।

सन् २०१४ को विश्वकपमा समूहचरणबाटै बाहिरिएपछि उसको यस शैलीको आलोचनापनि नभएको होइन । विश्वकपको लज्जास्पद प्रदर्शनपछि स्पेनिस टोलीमा ब्यापक फेरबदल गरेर प्रशिक्षक वक्स युरोकपको लागि तयार भएका छन् । जर्मनीपछि सबैन्दा धेरै ९ पटक युरोमा सहभागी भएको स्पेनले तीनपटक उपाधि जितिसकेको छ ।

युरोकपको उपाधिमा हृयाट्रिक गर्ने लक्ष्यसहित स्पेनिस टोली फ्रान्स पुगिसकेको छ । उसले आज राति चेक रिपब्लिकसँगको खेलसँगै युरो २०१६ को औपचारिक सुरुवात गर्नेछ ।

समूह ‘डी’ मा रहेको स्पेनले १७ जुनमा टर्की र २१ जुनमा क्रोएशियासँग खेल्दैछ । उपाधिको हृयाट्रिक मुडमा रहेको स्पेन ४-३-३ फर्म्याटमा खेल्छ । तर एकजना सेन्ट्रल स्ट्राइकरलाई खुलेर खेल्ने वातावरण स्पेनले बनाएको हुन्छ ।

छनौट चरणको समूह सीमा रहेको स्पेनले १० खेलमा ९ जितको साथमा समूह विजेता हुँदै प्रतियोगितामा छनौट भएको थियो । स्लोभाकियासँग अप्रत्यासित पराजय ब्यहोरेयता स्पेनले अन्य सबै खेलमा उत्कृष्ट नतिजा निकाल्यो । छनौटमा २३ गोल गरेकेा स्पेनले ३ गोलमात्र खाएको छ ।

Vicente-del-Bosqueछनौट चरणकै प्रदर्शनलाई निरन्तरता दिँदै स्पेनले एक साताअघि दक्षिण कोरियासँगको मैत्रिपूर्ण खेलमा ६-१ गोल अन्तरले बिजयी भएको थियो । मैत्रिपूर्ण खेलमा आएको सुखःद नतिजासँगै प्रशिक्षक डेल वक्सले भनेका थिए कि ‘स्पेन यस संस्करणमा पनि उपाधिको प्रमुख दावेदार हो, किनकि हामी साविक विजेता हौं ।’

तर, दोस्रो मैत्रिपूर्ण खेलमा स्पेनले जर्जियासँग अप्रत्यासित पराजय ब्यहोर्‍यो । फिफा बरियातामा १३७औं स्थानमा रहेको जर्जियासँग एक शून्य गोलले पराजित भयो । फुटबल पण्डितहरुले अब आशंका गर्न थालेका छन् कि फ्रान्स युरोमा स्पेनको हालत कतै विश्वकपकै जस्तो हुने त होइन ?

तर स्पेनले विश्वकपपछि टोलीमा ब्यापक फेरबदल गरेको छ । विश्वकप खेलेका १० खेलाडी अहिलेको युरो २०१६ को टोलीमा समावेश छैनन् । विश्वकपमा स्पेनमा मात्र ४ गोल गरेको थियो । तर गोल गर्ने चारै खेलाडी अहिलेको टोलीमा समावेश छैनन् ।

बिशेष गरेर स्पेनले अग्रपंक्तिमा व्यापक फेरबदल गरेको छ । डेभिड भिया, फर्नान्डो टोरेस, डिएगो कोष्टा लगायतका स्टारहरुलाई टोलीमा समावेश गरिएको छैन । उनीहरुको स्थान युवा खेलाडीहरुले लिएका छन् । उनीहरुको स्थानमा अल्भारो मोराटा, लुकास भाज्क्वेज, नालिटो लगायतका युवा खेलाडीलाई टोलीमा ल्याइएको छ । त्यस्तै २००८ र १२ मा उपाधि दिलाउँदा उत्कृष्ट प्लेमेकरको भुमिका निर्बाह गरेका जाभी टोलीमा छैनन् । उनको स्थान एथ्लेटिको म्याड्रिडका मिडफिल्डर कोकेले लिन सक्नेछन् । आन्द्रेस इनिएष्टाले स्पेनिस टोलीको प्लेमेकरको भूमिका निर्बाह गर्नेछन् ।

स्पेनका नौ खेलाडीले राष्ट्रिय टोलीबाट १० भन्दा कम खेल खेलेका छन् । समग्रमा स्पेनिस टोलीको औषत अनुभव १६ खेल छ । रियल म्याड्रिडका ६५ बर्षीय पूर्व प्रशिक्षक डेल वक्सले युवा खेलाडीहरुलाई यसपटक विश्वास गरेका छन् । उनको प्रयोग सफल भएमा सन् २०१८ को विश्वकप फुटबलमा स्पेनिस टोलीको ब्राजिल विश्वकपमा जस्तो बिर्षनलायक प्रदर्शन हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment