Comments Add Comment

खुल्लामञ्चमा ओलीको चिठीः मधेसी मोर्चाका नेता फेरि असन्तुष्ट

anasan३१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको आहृवान गर्दै पठाएको पत्र अनसनस्थल खुलामञ्चमा पुगेको छ । तर, सोमबार पत्र पाएपछि मधेसवादी नेताहरुले ‘आश्चर्य’मा परेका छन् ।

प्रधानमन्त्री ओलीले संघीय गठवन्धनलाई वार्ताको आहृवान गर्दैर् पत्र पठाएको उनको निजी सचिवालयले बताएको थियो । आन्दोलनकारी नेताहरुले पनि आफूहरुको माग अनुसार पत्र पठाएर संघीय गठवन्धनको अस्तित्व स्वीकार गरेको भन्दै यसलाई सकारात्मक भनेका थिए ।

तर, प्रधानमन्त्री ओलीले संघीय गठवन्धनलाई नभई फेरि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई नै वार्तामा बोलाउँदै पत्र काटेका हुन् । पत्रमा गठबन्धनलाई सम्बोधन नगरिएको पाएपछि आन्दोलनरत नेताहरु आश्चर्यमा परेका हुन् ।

प्रधानमन्त्रीले काटेको दोस्रो पत्र मधेसी मोर्चामा आवद्ध सात दलका अध्यक्षका नाममा काटिएको छ । ६ दलले खुलामञ्चमै पत्र बुझेका छन् भने तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको पत्र उनकै कार्यालयमा छोडिएको छ ।

अझ रोचक त के छ भने प्रधानमन्त्रीको पत्र पुगेको स्थल खुलामञ्चमा मधेसी मोर्चाको होइन, संघीय गठवन्धनका नाममा रिले अनसन चलिरहेको छ । र, २७ दलका नेताहरु अनसनमा छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले अनलाइनखबरसँग भने, ‘संघीय गठवन्धनलाई पत्र पठाएको भनिएको थियो । तर, मोर्चालाई नै पठाइएको रहेछ । फेरि झुक्याउने काम भएको छ ।’

झाका अनुसार प्रधानमन्त्रीको पत्रको भाषा भने यसअघिको भन्दा फरक छ । प्रधानमन्त्रीले वार्तामा हदैसम्म लचकका साथ प्रस्तुत हुन सरकार तयार रहेको भन्दै वार्तामा आउन आहृवान गरेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि पनि मधेसी मोर्चालाई पत्र काटेर वार्तामा आउन आहृवान गरेका थिए । तर, पछिल्लो समय संघीय गठवन्धनका नाममा आन्दोलन गरिरहेको भन्दै आन्दोलनकारी नेताहरुले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरे । र, गठवन्धनकै नाममा पत्र आउनुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्रीको नयाँ पत्रबारे के गर्ने भन्ने मधेसी मोर्चाका नेताहरुबीच छलफलपछि निर्णय हुने झाले बताए ।

यो पनि पढ्नुस्

प्रधानमन्त्रीको सल्लाहकारले उपेन्द्र यादवलाई भने-स्वास्थ्य नविगार्नुहोस्, वार्तामा बसौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment