Comments Add Comment

युवामा फैलिँदै पार्किन्सन्स, जसले ८-१० वर्षमै अशक्त बनाउँछ

parkinsonपहिल्लो समय काठमाडौंलगायत आसपासका क्षेत्रमा पार्किन्सन्सका विरामी बढ्न थालेका छन् । यो रोग पहिले-पहिले उमेर पुगेका मानिसमा मात्र लाग्छ भन्ने भ्रम थियो । यसलाई मानिसहरुले प्यारालाइसिससित दाँज्ने गर्थे  ।

तर, पछिल्लो समय यो रोग युवामा पनि देखिन थालेको छ  । दुई/चार वर्ष यता यो रोग विशेषगरी ३५ वर्ष देखि ५० वर्ष उमेर समूहका मानिसमा व्याप्त छ ।

यो रोग कलिलै उमेरमा पनि देखिने गर्छ । जब दिमागले डोपामिनको उत्पादन गर्न सक्दैन, तब यो रोग मानिसहरुमा देखिन थाल्छ । केहीमा यो वंशाणुगत पनि हुन्छ ।

पार्किन्सन्स रोग विशेषगरी ‘डोपामिन’ भन्ने तत्वको कमीले लाग्ने गर्छ । दिमागको एउटा कोषिकाले ‘डोपामिन’ नामक तत्व बनाउने गर्छ । यसले शरीरमा लचकता ल्याउनुका साथै शरीरलाई चुस्त स्फुर्त राख्न मद्दत गर्छ ।

त्यसैले यसलाई मोटर डिजिज पनि भनिन्छ । यो दश लाख मानिसमध्ये एक जनालाई लाग्छ । विश्वमा यस रोगका विरामी पाँच लाखको हाराहारीमा रहेका छन् ।

रोगका लक्षण

हातखुट्टा काँप्ने, दिमाग सुस्त हुँदै जाने, बोली लर्बरिने, शरीरले काम नगर्ने यसका प्रमुख लक्षण हुन् । पार्किन्सन्स एकपटक लागेमा निको हुन गार्‍हो पर्छ ।

यो साधारणतया दिमागका कोषिकाले डोपामिन बनाउन नसक्दा ५०/६० वर्ष उमेरका मानिसमा देखा पर्ने रोग हो ।  यसले शरीरलाई निस्कृय बनाउदै लैजान्छ । शरीरलेे राम्ररी काम गर्न सक्दैन । दिमाग सुस्त हुँदै जान्छ । बोली लर्बरिन्छ । अनुहारको चमकता कम हुँदै जान्छ । शरीरका अंगहरुले विस्तारै विस्तारै काम गर्न छोड्छ । शरीरका मांशपेशी कडा भएर जान्छ । आठ-दश वर्षमा शरीर पुर्णरुपमा अशक्त हुन्छ ।

पार्किन्सन्स दुई प्रकारका हुन्छन् । एउटा विस्तारै विस्तारै असर गर्ने । अर्को छिट्टै असर गर्ने । विस्तारै असर गर्नेको हकमा यो रोग लागेको व्यक्तिलाई सुरुमा हात-खुट्टा काँप्ने, छट्पटाहट हुने गर्छ  । विस्तारै विस्तारै डिमेन्सिया हुँदै हुँदै यसले असर गर्न थाल्छ । जबकि अन्य रोगका कारण पार्किन्सन्स हुने विरामीको हकमा भने यसले छिट्टै असर गर्छ । यतिसम्म की रोग पत्ता लागेको दुइै/तीन वर्ष भित्रमा शरीरले पुर्णतया काम गर्न छोड्छ ।

dr. raju poudel
डा. राजु पौडेल

यो रोग किटनाशक औषधीको प्रयोग गर्नेहरुमा पनि बढी देखिने गरेको छ । त्यसबाहेक बक्सिङ्ग खेलाडीहरुमा पनि यो रोग बढी मात्रामा देखिन्छ । बारम्बार टाउकोमा मुक्का हान्दा दिमागका कोषिका मर्न थाल्छन् । फलस्वरुप त्यसले उक्त तत्व बनाउन सक्दैन र मान्छेमा यसको लक्षण देखा पर्छ ।

त्यसो त यो रोग मानिसलाई पहिले पनि लाग्ने गर्दथ्यो । तर यो रोग के हो भन्ने थाहा थिएन । अहिले नयाँ नयाँ उपचार पद्धति आए । मानिसहरुले यसबारे जानकारी पाउन थाले । सजिलै रोग पत्ता लाग्न थाल्यो । उपचार छिटो हुन थाल्यो ।

उपचारमा नयाँ प्रविधि

तर विडम्बना नियमित औषधीको प्रयोगले शरीरलाई चुस्त राख्न त मद्दत गर्छ  । तर यो रोगको दीर्घकालीन उपचार भने खासै छैन । यति हो कि छिटो उपचार भएको खण्डमा मानिसले स्वस्थ जीवन बाच्न पाउँछ ।

पछिल्लो समय नेपालमा डिपब्रेन स्टिमुलेसन्स् (डिबिएस्) प्रविधि भित्रिएको छ । पार्किन्सन्स् रोगको औषधीले काम गर्न छोडेमा अथवा औषधीले काम नगरेको अवस्थामा यो प्रविधिको प्रयोग विरामीमा गरिन्छ । यो मुटुमा राखिने पेसमेकर जस्तै हो । दिमागले काम गर्न छोडेको अवस्थामा मानिसको दिमागमा यो प्रविधि जडान गरिन्छ । यसले दिमागलाई पुनः सक्रिय बनाई पहिले जसरी नै काम गर्न मद्दत गर्छ  । यो प्रविधि जडानका लागि विदेशबाट समेत चिकित्सकको टोली नेपाल आउने गरेका छन् । पछिल्लो समय नेपाली हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठमा पनि डिबिएस् प्रविधि जडान गरिएको थियो ।

(डा. पौडेल ग्राण्डी इन्टरनेशनल हस्पिटलका कन्सल्ट्यान्ट न्युरोलोजिष्ट हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment