Comments Add Comment

जुन १३ को ‘भूत’बाट स्पेनले मुक्ति पायो

Pique

काठमाडौं । स्पेन विश्व फुटबलमा सफल टिम हो । उसले सन् २०१० मा विश्वकप जित्यो भने तीन पटक युरो कप ।

तर, ५३ वर्षसम्म उनलाई जुन १३ को भूतले सताइरहृयो । जुन १३ मा भएको खेलमा उसले जित्न सकेको थिएन । पाँच खेल मध्ये ४ मा हार व्यहोरेको थियो भने एक खेल बराबरीमा चित्त बुझाएको थियो ।

तर, सोमबार युरो कपमा चेक रिपब्लिकलाई १-० ले पराजित गर्दै स्पेनले यो खराब रेकर्ड भंग गरेको छ ।

यो आश्चर्यजनक तथ्यांक हो । तर, यो स्पेनिसहरुका लागि राम्रो लक्षण हुन सक्छ । किनकी २००८ मा पनि स्पेनले यस्तै अपसकुनलाई तोडेको थियो । र, त्यही सिजन उसले युरो कपको उपाधि उचालेको थियो ।

२००८ सम्म स्पेनले जुन २२ कै दिनमा तीन वटा ठूला खेलमा पेनाल्टी मिस गरेका कारण हारेको थियो । १९८६ को विश्वकपको क्वार्टरफाइनलमा स्पेन जुन २२ कै दिन बेज्लियमसँग पेनाल्टीमा चुकेको थियो भने युरो १९९६ मा इंग्ल्याण्डसँग यस्तै नियति व्यहोरेको थियो ।

यस्तै २००२ को विश्वकपमा आयोजक कोरियासँग पनि स्पेन जुन २२ कै दिन पेनाल्टी सुट आउटमै चुकेको थियो ।

तर, २००८ को युरोमा भने स्पेनले यो खराब रेकर्ड तोड्यो र उपाधि समेत उचाल्यो । यो पटक पनि स्पेनले जुन १३ को एउटा खराब रेकर्ड तोडेको छ । उपाधि जित्छ जित्दैन त्यसका लागि भने केहि दिन कुर्नैपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment