Comments Add Comment

राष्ट्रसंघीय महासभाको ७१ औं सत्रको उपाध्यक्षमा नेपाल निर्वाचित

३२ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो महासभाको ७१ औं सत्रका लागि एशिया प्रशान्त राष्ट्रहरुको समूहबाट चारमध्ये एक उपाध्यक्षमा नेपाललाई सर्वसम्मतिले निर्वाचित गरेको छ । उक्त सत्र आगामी १३ सेप्टेम्बरबाट सुरु भएर सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने छ ।

Nepal-Flagयो निर्वाचनसँगै नेपाल लगातार तेस्रोपटक संयुक्त राष्ट्रसंघीय महासभा महासमितिको सदस्य राष्ट्र हुनेछ । सन् १९५५ मा राष्ट्रसंघको सदस्य बनेयता यो पहिलो घटना हो ।

न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएअनुसार महासभाका अध्यक्ष, पाँच भौगोलिक क्षेत्रबाट २१ सदस्य, महासभाको ६ मुख्य समितिहरुका अध्यक्ष र सुरक्ष्ँा परिषदका पाँच स्थाई सदस्यहरुले महासमिति बनेको हुन्छ । सुरक्षा परिषद सदस्यबाहेक अरु सबैको निर्वाचन प्रत्येक वर्षको जूनमा महासभाले गर्दछ ।

नयाँ जिम्मेवारीले नेपाललाई फेरि एकपटक संयुक्त राष्ट्रसंघको कार्यमा प्रत्यक्ष योगदान गर्न अवसर प्रदान गरेको नेपाल नियोगले विज्ञप्तिमा जनाएको छ । हाल जारी ७० औं सत्रमा नेपालका दुर्गाप्रसाद भट्टराईले पाचौं समितिको अध्यक्षता गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment