Comments Add Comment

संविधान संशोधन गर्नुपर्ने निष्कर्षसहित नयाँ शक्तिको भेला सम्पन्न

भेलामा १ करोड ४ लाख खर्च

Baburam Bhattarai

३२ जेठ, काठमाडौं । आन्दोलनरत दलहरुका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकाल्दै नयाँ शक्ति नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

भेलाले आन्दोलनरत पक्षका माग सम्बोधनका लागि संविधान संशोधन गरिनुपर्ने, भ्रष्टाचार र जनताले भोग्नुपरेका कालोबजारीका समस्याप्रति सरकार गम्भिर हुनुपर्ने लगायतका विभिन्न्ा ८ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

भेलाको समापनका क्रममा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको दुष्मन कोही नरहेको भन्दै जतिसक्दो धेरैलाई समेट्ने कार्यशैली अपनाएर संगठन विस्तार गर्न सदस्यहरुलाई निर्देशन दिए ।
उनले साधारण सदस्यहरुको ठूलो संख्याले सामूहिक रुपमा सपथ खाएर सानदार ढंगले पार्टीको सुरुवात भएको भन्दै पार्टीले अब समुद्रको गहिराइमा पुगेर मोती निकाल्ने गरी काम गर्ने बताए ।

उनले भारत र चीन जस्ता ठूला बजार नजिकै रहेको तथा प्राकृतिक र जैविक रुपमा नेपाल निकै धनी रहेको भन्दै सकारात्मक सोच लिएर काम गर्दा मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको बताए । आलोचना गर्नेहरुलाई जवाफ फर्काएर भन्दा रुखले झैं फल दिने गरी काम गरेर मुलुकलाई समृद्ध बनाइ छाड्ने अठोट उनले गरे ।

भेलामा १ करोड ४ लाख खर्च

नयाँ शक्तिले भेला समापनका क्रममा पार्टीको आम्दानी र खर्चको विवरण पनि सार्वजनिक गरेको छ । लेखा शाखाकी सविना अर्यालले आम्दानीतर्फ सदस्यताबाट १७ लाख ५ हजार, चन्दाबाट २५ लाख, प्रवेश शुल्कबाट ७ लाख ५० हजार तथा सचिवालयका सदस्य र अन्तरिम परिषद् सदस्यबाट ८ लाख ६० हजार रुपैयाँ संकलन भएको जानकारी गराइन् ।

सदस्यता शुल्कवापत १ करोड ३ लाख २२ हजार रुपैयाँ संकलन हुन बाँकी छ । सार्वजनिक गरिएको विवरण अनुसार भेलाका क्रममा १ करोड ४ लाख रुपैयाँ खर्च भएको छ । प्रचार प्रसार, मञ्च निर्माण, खाना खर्च लगायतका शिर्षकमा भएको खर्चमध्ये ५० लाख रुपैयाँ मात्र तिरिएको नयाँ शक्ति नेपालले जनाएको छ ।

भेलाले केन्द्रीय समिति बनाउन नसकेपनि समापनका क्रममा संगठन विभाग प्रमुख देवेन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुले नाचगान गरेर खुशी बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment