Comments Add Comment

इंग्ल्याण्डको टिममा ग्यारेथ बेल ‘आतंक’

Gareth Baleइंग्ल्याण्डले युरो कपको आफ्नो दोस्रो खेलमा बिहीबार वेल्सको सामना गर्दैछ । तर, उसलाई ग्यारेथ बेलको भूतले साताउन थालेको भने धेरै भइसक्यो ।

र, इंग्ल्याण्डले बेललाई २०१४ को विश्वकपका लुइस स्वरेजको रुपमा हेरेको छ । जसले इंग्ल्याण्डलाई समूह चरणबाटै घर पठाएको थियो । विश्वकपका लागि साउ पाउलो पुग्नु अघि लिस्वरेजले भरपुलका लागि प्रिमियर लिगमा ३१ गोल गरेका थिए । र, स्वरेजले नै दुई गोल गरेपछि इंग्ल्याण्ड उरुग्वेसँग २-१ ले पराजित हुँदै पाँचौ दिनमा नै विश्वकपबाट बाहिरिएको थियो ।

यो पटक युरो कपमा स्वरेजको स्थानमा बेल छन् । र,उनले वेल्सलाई सुखद सुरुवात दिलाउने क्रममा स्लोभाकियाविरुद्ध फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए ।

एडम लेलानासहितका खेलाडीहरुलाई उनीहरुले वल्र्ड क्लास प्लेयरसँग डिल गर्नुपर्नेछ भन्ने थाहा छ । तर, बेललाई म्यान मार्किङको कुनै योजना नभएको दाबी गरे । तर, इंग्ल्याण्डले विशेष योजना बनाउँदैछ, जसमा बेललाई घेरा हाल्ने योजना बनाउँदैछ, किनकी उनलाई दौडिएर पछ्याउने क्षमता कसैमा छैन ।

इंग्ल्याण्डका प्रशिक्षकलाई यो राम्ररी थाहा छ कि आफ्नो कुनै पनि डिफेण्डर वा मिडफिल्डर बेलसँग भिड्न सक्दैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment