Comments Add Comment

वैशाखमा प्रान्तीय चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

यो मंसिरमा स्थानीय र अर्को मंसिरमा संघीय संसदको चुनाव गर्ने

Kp-oli१ असार, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले तीन वटा निर्वाचन गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेशिक र संघीय सदस्यको चुनावको मिति प्रस्ताव गरेका हुन् ।

लोकसेवा आयोगको वाषिर्कउत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले १९ महिनाभित्र तीनवटै चुनाव गर्ने बताए । उनले मंसिरभित्र स्थानीय चुनाव हुने बताए ।

सरकारले नीति तथा कार्यक्रममा मंसिरभित्र अन्तरिम स्थानीय चुनाव गर्ने बताएको थियो ।  तर, सत्तारुढ माओवादी, प्रमुख विपक्षी कांग्रेस लगायतले यसको विरोध गरेका थिए । उनीहरुले अन्तरिम स्थानीय चुनाव भन्दा संविधान अनुसार नै स्थानीय तह गठन गरेर चुनाव गर्नु पर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीले अब नयाँ संविधान अनुसार स्थानीय तहको चुनाव गर्ने बताए । उनको संकेत अन्तरिम नभई संविधानमा भएको नयाँ व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्ने थियो ।

प्रधानमन्त्री ओलीले वैशाखभित्र प्रादेशिक चुनाव गर्ने र मंसिरभित्र संघीय संसदको चुनाव गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment